Tuesday, August 11, 2020
Home > गजल > सरस्वती शर्माका २ गजलहरु

सरस्वती शर्माका २ गजलहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरस्वती शर्मा
रागेरूङ
दार्जिलिङ।

१.
राख्नु छैन कसैको तस्वीर, तिम्रो तस्वीर छाएपछि
तिमीसंगै जीउने मर्ने, मनले कसम खाएपछि ।।

प्रेमको घडा ल्याएकी छु तिमीलाई पिलाउन
प्रवाह छैन कसैको, मन्जुरी तिम्रो पाएपछि ।।

छिट्टै बनाउ तिम्रो मलाई रहर जागेको छ
नतड्पाउ प्रिय यसरी, मलाई माया लाएपछि ।।

तिमीभन्दा अर्को दुनियाँ सोच्नै सक्दिन प्रिय
तिमी मेरो भएको हो, दोहोरी गीत गाएपछि ।।

२.
दोबाटोमै हात छोड्यौ, र पो दु:ख लाग्यो
अनायशै नाता तोड्यौ, र पो दु:ख लाग्यो ।।

जीवन जीउन चाहेकी त थिए तिमीसँग
बाटो अनि मन मोड्यौ, र पो दु:ख लाग्यो ।।

सोचे जस्तो बुझे जस्तो हुन्न रहेछ जीवन
अर्को तिर नाता जोड्यौ, र पो दु:ख लाग्यो ।।

तिम्रा सारा इच्छाहरू पूरा गर्छु भनेकै थिए
बद्ल्यो बाटो अर्कै रोज्यौ, र पो दु:ख लाग्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: