Tuesday, August 11, 2020
Home > कविता > कविता : म लकअपमा छु

कविता : म लकअपमा छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  



डिकु मुखिया लाटपञ्चर

अकारण
अवमूल्यन
असावधानी

लक अपमा छु ।
म निरपराधी
मृत्युको दण्ड भोगिरहेछु ।

घामको गीत
नसुनेको धेरै भयो ।

यतिखेर
बन्देज म
बन्देज मेरा ऑखाका वस्ती

मेरो चेतनाको रंगिन बिरंगी चराहरू
उठिरहेछन् निष्फिक्री
बिना लक अप
निर्भयताको गीत गाउदै ।

नितान्त निगॅमन
निर्लज्ज छांँया
मदेखि भागि भागि हिंँड्छ
दुरूत्वको बिशाल पर्खाल
बाटो छेक्न आउंँछ ।

जब चेतनाको चर्को घाम लाग्छ
तब जताततै उज्यालोको पखेटा
फटफटाउना थाल्छन्
मनको आकाशभरि ।

समयको पोर्ट़ेट अनुहारभरि पोतेर
ठिङ्ग उभिएको छु म
निष्प्राण ढुंगा।

एकमुठी जूनका अक्षरहरू
एक अगांलो घामका शब्दहरु
मेरो घरको मूल ढोकामा
अतिथि भएर आउंँछन्
अनायसै
उसको आगमन
मेरो आसक्ति
यतिखेर म
बस्
किम्कर्तब्यबिमुुढ छु
म लकअपमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: