Tuesday, August 11, 2020
Home > प्रमुख > हतुवागढिमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन हुँदै।

हतुवागढिमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन हुँदै।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा ” बगाले”

हतुवागढी, १५ श्रावन। हतुवागढी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालनका लागि करुणा फाउन्डेशन नेपाल, प्रदेश सरकार र गाउँपालिका बिच त्रिपक्षिय सम्झौता भएको छ।

हतुवागढी गाउँपालिका र करुणा फाउन्डेशन नेपाल बिच भएको सम्झौता

हतुवागढी गाउँपालिकाको कार्यालय घोडेटारमा यहि श्रावण ११ गतेका दिन प्रदेश सरकारद्धारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना  कार्यक्रम सम्बन्धी निर्देशिका – २०७६ बमोजिम सो सम्झौता सम्पन्न गरिएको हो। प्रदेश सरकारले सो निर्देशिका अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् २००६ अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को मर्म अनुसार जारी गरेको बताईएको छ।

करुणा फाउन्डेशन नेपाल र हतुवागढी गाउँपालिका बिच भएको सम्झौता पत्र अनुसार कार्यक्रम अवधी बि. सं.  २०७७ साल श्रावन १ गतेबाट आगामि २०८० असार मसान्तसम्म रहनेछ। सो अवधिमा  विभिन्न चरणका कार्यक्रमहरु सञ्चलनका लागि कुन १ करोड, ५५ लाख, १६ हजार, ६२९ रुपैया बजेट खर्च गरिनेछ। सम्झौता अनुसार  कार्यक्रमको पुर्ब तयारि करुणा फाउन्डेशनले  गर्नुपर्नेछ सो बापत हुने खर्च १५ लाख, ८५ हजार, ८४९ रुपैया बजेट समेत फाउन्डेशनले नै बेहोर्नेछ भने कार्यक्रमका लागि लाग्ने बाँकी बजेट १ करोड, ८ लाख, १८ हजार, ८४५ रुपैया बजेट मध्ये प्रदेश सरकार, करुणा फाउन्डेशन नेपाल र गाउँपालिकाले बेहोर्नुपर्नेछ।

सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष प्रेमकुमार राई तथा फाउन्डेशनका तर्फबाट ब्यबस्थापक छत्रबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: