Tuesday, August 11, 2020
Home > कविता > कविता : सर्वोच्च होड

कविता : सर्वोच्च होड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजन तामाङ्ग, खर्साङ्

आनन्दमा थियो सन्सार,
जहाँ शान्त वातावरण थियो !
धन कुबेर अधिष्ठाता देवता !
आफु महा शक्तिशाली बन्ने होडमा
होमिदियौ मृत्युमा लाखौं
आफ्नै प्रतिरूपहरूलाई
जहाँ बुद्धको शिक्षा एवम् मार्गदर्शन शिर्योधारत् छन्
एवम् पूर्ण जिवित छन् ।
हे महा पुरूष, किन बुझ्दैनौ धर्म-अधर्म ?
आफ्नो दुखाई अनि पिडा सबैको एकै हुन्
किन बुझ्दैनौ ?
आमाको गर्भबाट नाङ्गो आएँ,
एकदिन नाङ्गै जानु छ, किन बुझ्दैनौ ?
हे महा पुरूष, यहाँ कोही अजम्बरी छैनन्,
सबैले समय-मिती लिएर नै आएका छन् !
आज विश्व रोईरहेछन् !
आफ्नो सन्तान गुमाएकोमा विलाप गरिरहेछन् ।
लाग्नेछ एकदिन तिमीलाई आँशुको श्राप,
भोग्ने छौ तिमीले चालेको कदमबाट ।
नष्ट हुनेछ एकदिन तिम्रो धन ढुकुटी
सन्सारमा छताछुल्ल बन्ने छौ एकदिन !
तब तिम्रो पार्थिव शरीरमा काँध दिने कोही हुने छैनन् ।

One thought on “कविता : सर्वोच्च होड

  1. अनलाइन साहित्यमा प्रथम चोटी अनुभव मेरो, आशा छ यहाबाट धेरै शिक्षा आर्जन गर्न सक्छु भनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: