रबिन थापा “बगाले”
हतुवागढी, २१ साउन। भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका घोडेटार स्थित ईलाका प्रहरी कार्यालयले आज घोडेटार बजारमा प्ले कार्ड सहित जनचेतनामुलक कार्यक्रम गर्दै मास्क बितरण तथा प्रत्येक घरमा Disinfection Spray गरेको छ।

कोरोना भाईरसको प्रकोप न्युनिकरण गर्ने उद्देस्य सहित ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक जसबहादुर लिम्बू नेतृत्वको टोलिले बजारमा मास्क नलगाई हिँड्डुल गर्नेलाई सम्झाई बुझाई गर्दै मास्क उपलब्ध गरिएको थियो भने सो टोलिले बजारबासिलाई बाहिर अनावस्यक हिँड्डुल नगर्न अनुरोध गर्दै हिँड्नै परेमा अनिबार्य तोकिएको मापदन्डमा मास्क प्रयोग गर्न सुझाव दिएको थियो।
