Home > समसामयिक > हिले-पाख्रीबास सडक स्तरोन्नती गर्ने ठेकेदारको चरम लापरबाही : ३ बर्षको सम्झौतामा ५ बर्ष बित्न लाग्दा नि काम सकिएन

हिले-पाख्रीबास सडक स्तरोन्नती गर्ने ठेकेदारको चरम लापरबाही : ३ बर्षको सम्झौतामा ५ बर्ष बित्न लाग्दा नि काम सकिएन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुर्वी पहाडका भोजपुर र संखुवासभा जिल्लालाई तराई सँग जोडने मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–पाख्रीबास सडक खण्डको सडक स्तरोन्नतीको कार्य गुणस्तरहीन भएको पाईएको खवर blastkhabar.com मा प्रकाशित भएको छ।

धनकुटा जिल्लाका सङ्घीय सांसद् राजेन्द्रकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख टङ्कबहादुर चौहान तथा पाख्रीबास नगरपालिकाका प्रमुख वृषबहादुर राईले संयुक्त रूपमा गत साउन २० मा पत्रकार सम्मेलन गरि सडक निर्माणमा निर्माण व्यवसायीबाट भएको लापरबाहीको विषयमा उपभोक्तालाई जानकारी गराएका हुन ।

‘द कञ्चनजङ्घा रायमाझी मोतीदान जेभी’ले हाल निर्माण गरिरहेको १३ किलोमिटर सडक–खण्ड गुणस्तरहीन भएको उपभोक्ताहरुबाट गुनासो आईरहेको सन्दर्भमा सो पत्रकार सम्मेलन गरिएको थियो । उक्त सडकखण्ड अन्तर्गत हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडकमा सवारी गुड्नै नसक्ने अवस्थामा रहेको यात्रुहरुको गुनासो छ ।

ठेकेदार कम्पनीले तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७२ चैत २ गते  सम्झौता गरेको थियो । हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडक निर्माण गर्न ३८ करोड २३ लाख २४ हजार ४ सय ६६ रुपैयाँमा सम्झौता गरेको कम्पनीले हाल सम्म ६५ प्रतिशत मात्र काम गरेको बताईएको छ ।

पत्रकार सम्मेलनमा सङ्घीय सांसद् राईले निर्माण व्यवसायीले कामै नगरी २८ करोडभन्दा बढी रकम भुक्तानी लगेकोमा आक्रोंस पोखे । सांसद् राईले भने, ‘सडकमा गाडी त गुडेन गुडेन, खुट्टाले टेकेर हिँड्न सक्ने समेत अवस्था छैन ।’

तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि ६ वर्षमा समेत काम सम्पन्न नभएकोमा अब पाख्रीबास नगरपालिका आफैले जिम्मा लिने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा १४ पटकसम्म बैठक बसेर निर्माण कम्पनीलाई सडक निर्माणको लागि दबाव दिँदा समेत काम नभएको जिल्ला समन्वय समितिका प्रमुख टङ्क चौहानले बताए ।

तोकिएको मापदण्ड र समय अवधिमा काम नगर्ने ठेकेदार र निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कडाभन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाउने परियोजनाले वताएको छ । मध्यपहाडी लोकमार्ग हेर्ने परियोजनाका प्रमुख दीपक केसीले ठेकेदार कम्पनीले आफूले गरेको गल्ती स्वीकार गरिसकेको बताए । निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न नगरेको र मापदण्ड बमोजिम काम नभएकाले परियोजनाको तर्फबाट पनि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको केसिले बताए। परियोजनाका इञ्जिनियर अवदेश यादवले ६५ प्रतिशत काम गरेको निर्माण कम्पनीलाई ७४ प्रतिशत रकम भुक्तानी दिनु नै गल्ती भएको बताए ।

उनले पञ्चे–लेगुवा सडक–खण्डमा भने सन्तोषजनक काम भइरहेको बताए । हालसम्म भ्याटबाहेक कुल ३९ करोडमा ५५ प्रतिशत कामको प्रगति पूरा गरेर १८ करोड मात्र भुक्तानी लगेको र काम भइरहेको यादवले दाबी गरे ।

पाख्रीबास नगरपालिकाका प्रमुख वृषबहादुर राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पाख्रीबास नगरपालिका अन्तर्गतका १० वटै वडाका वडाध्यक्षहरू, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू र सर्वसाधारण उपभोक्ताको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा उपस्थित सहभागिहरुले सडक कालोपत्रे गर्न सडकमा राखेको गिट्टी समेत हिलाम्मे सडकमा डोजरमार्फत् हालेको बताए ।

पाख्रीबास र हिलेको बीचमा सडक पिच गर्न ३ वर्षअघि तयार गरेको गिट्टी सबै हिलाम्मे सडकमा लगाइ दिएका छन् । वर्षौंदेखि हिले–पाख्रीबास–लेगुवा सडक–खण्ड हिलाम्मे र धुलाम्मे हुँदा सो सडक हुँदै भोजपुर, सङ्खुवासभा जाने सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् । केहि दिन अघि उपचारको लागि घरान लग्दै गरेको अवस्थामा सडककै कारण समयमा हस्पिटल पुर्याउन नसक्दा भोजपुरकी एक नवजात शिशुको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: