Home > मुक्तक > सविता राई “सहारा” को तीन मुक्तकहरु

सविता राई “सहारा” को तीन मुक्तकहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सविता राई “सहारा”
हेप्पिभेल्ली चिया बगान, दार्जिलिङ्ग


      (१)
सम्झी रहँदा तिम्रो, हरेक बात नै मीठो लाग्छ
तिम्रा यादमा बिताएका, हरेक रात नै मीठो लाग्छ
यथार्थ जीवनको यात्रामा आज तिमी अल्मिएपछि
पल पल तिमिले दिने, हरेक घात नै मीठो लाग्छ
                

(२)

सावन महिनाको उधुम झरी जस्तै
बज्दै नबज्ने मादलको खरी जस्तै
रङ्गबिरङ्गी झण्डाको होड़बाजी छ
बर्खे झरीमा उम्रने च्याउ सरी जस्तै!

(३)

अल्लारे जोवनमा गाएको गीतमा
खुशीले बिभोर भएको प्रीतमा
मिल्दैन है सफलता हरेकै यहाँ
अल्लारेमा गाँसेका कच्चा मीतमा!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: