Home > कविता > कविता : अन्तराल

कविता : अन्तराल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


सरोजनी देवान
खरसाङ्ग, पश्चिम बंगाल

छोराको निम्ति आँखाभरि सजाएको सपनाहरु
बाबुले कहिले देखाएनन् छोरालाई,
बरु, आफ्नै मनको घड़ेरीमा थाक-थाक
बनाईरहयो सपनाको महलहरु!

छोरा रहरहरु मनभरि बोक्थ्यो
सपना आँखाभरि देख्थ्यो
बाबुलाई भन्न घाँटीसम्म ल्याउथ्यो
तर बोली कहिले फुटेन
एउटै धुरीमा दुई किनार भई बग्यो बाबु-छोरा!

हिजआज बाबु ख्वोई-ख्वोई खोक्दै
बिडी सरररर तानेर सिलिङ्ग ताकिरहन्छ,
अनि छोरा, अधुरा आफ्ना रहरहरु
आफ्नो छोरामा पुर्याउने रहरहरुमा
हिँडिरहन्छ हिँडिरहन्छ।।

आमा आफ्नु रुप छोरीमा खोज्छे
चलचित्र नायिका बन्न नसकेको व्यथाहरु
मनभरिका उकुसमुकुस विच छोरीलाई सुनाउँछे,
” तिमी बन ल नानु, म मेरो सपना तिमीमा पुरा गर्न चाहन्छु”
भनि रहन्छे छोरीलाई…!
” लु आमा पनि के भा’को!”
हाँस्दै भाग्छे छोरी जहिले नि!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: