Home > कला > संगिता रानाको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक ।

संगिता रानाको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । वरिष्ठ गायिका (गुरु आमा) संगीता राना प्रधानको स्वरमा सजिएको ‘जून माग्यौं आकाश दिएँ’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

लोकप्रीय गायिका आभा मुकारुङ्गको आमा नरदेवी राईको शब्द रचना रहेको उक्त गीतको भिडियो निर्देशन हरिबल राई र धन खालिङ्गले गरेका हुन् भने भिडियो खिच्ने र सम्पादन गत्ने काम जस्केलो क्रिएसनले गरेको हो । पबिधान खालिङको संगीत तथा सचिन सिंहको संगित संयोजन रहेको उक्त गीतमा अन्जना राई र बबीन राईले अभिनय गरेका छन् ।

विगत ५ दशकदेखि संगीत क्षेत्रमा क्रियाशिल गायिका प्रधान ललितकला केन्द्रिय विभाग प्रमुख पनि हुन् । गायिकाका साथै उनी थुप्रै कलाकारहरुको गुरु आमा पनि हुन् । नेपाली संगीत क्षेत्रमा उनले धेरै कलाकारहरुलाई प्रशिक्षण समेत दिइसकेकी छन् ।

चलचित्र ‘भूमरी’बाट पार्श्व गायन सुरु गरेकी गायिका संगीता राना प्रधानले ‘उडायो मेरो मखमली पछ्यौरी’, ‘यो रातै रमाईलो यो साथै रमाईलो’, ‘छिट्को गुन्यु तिमीले लगाउँदा’ जस्ता थुप्रै चर्चित गीतहरु गाइसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: