Home > प्रमुख > प्रदेश सरकारको बजेटभित्र हतुवागढी गाउँपालिका : कुन कुन बजेट पर्‍यो?

प्रदेश सरकारको बजेटभित्र हतुवागढी गाउँपालिका : कुन कुन बजेट पर्‍यो?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवाहेराल्ड डेस्क

६ भदौ। आर्थिक बर्ष २०७७/७८ का लागि प्रदेश सरकारबाट घोषित आर्थिक परियोजनाहरु मध्ये हतुवागढी गाउँपालिका अन्तर्गत निम्न योजना तथा कार्यक्रमहरु रहेको भोजपुर क्षेत्र नम्बर १ का प्रदेश सांसद राजेन्द्र राईले सार्वजनिक गर्नुभएको छ।

पक्की पुल
१. दुधकोशी नदिमाथिको चुहार (मैनामैनी उदयपुर-हतुवागढी भोजपुर जोड्ने) – रु. ४ करोड
२. अरुण नदिमाथिको अखुवाटार (शहिदभुमी धनकुटा-हतुवागढी भोजपुर जोड्ने) – रु. २ करोड
३. दुम्माना(हैखराङ्ग) आमचोक- हसनपुर(हतुवागढी) जोड्ने एखुवा खोलामाथिको पुल – रु. २० लाख

सडक
१. घोडेटार-फलामढुंगा-पुर्णे बजार-बयाङ्ग-पसलभञ्ज्याङ्ग-बालंखा सडक(मुख्यमन्त्री ग्रामिण सडक, क्रमागत रुपमा पुरै सम्पन्न गर्ने गरि – रु. १ करोड १० लाख
२. मैनामैनी-हसनपुर-चुहार-घोडेटार-भोजपुर-दिंला सडक – रु. १५ करोड + २५ लाख

बिबिध
१. हतुवागढी दिमालुङ् पर्यटन पुर्वाधार बिकास – रु. १ करोड ९० लाख
२. हतुवागढी दरवार क्षेत्रमा पर्यटकिय पुर्वाधार बिकास – रु. ४५ लाख
३. हतुवागढी स्मृती पार्क – रु. ४५ लाख
४. ऐतिहासिक भबिश्यबक्ता पोखरी निर्माण तथा संरक्षण – रु. ४५ लाख
५. हतुवागढी दरबार संरक्षण (समपुरक अनुदान) – रु. ५० लाख
६. अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम – रु. २३ लाख ५० हजार
७. स्थानिय तहमा लैंगिक हिंसा निवारणका लागि संरक्षण कोष स्थापना : रु. १ लाख

खानेपानी तथा सिँचाई
१. हसनपुर खानेपानी आयोजना – रु. ५९ हजार
२. पिखुवाबाट पम्पिङ्ग गरिने खानेपानी आयोजना होम्ताङ्ग – रु. १ करोड २० लाख
३. हतुवागढी खानेपानी आयोजना – रु. १ करोड २० लाख
४. हतुवागढी बृहत् खानेपानी आयोजना – रु. ५ लाख
५. फकुवा खोला पेक्लाखेत सिँचाई खैराङ्ग – रु. ५ लाख
६. दिमालुङ् सिँचाई आयोजना दितेनी – रु. ५ लाख
७. कावाखोला-हर्का ग्याल्थुङ्बेंसी सिँचाई आयोजना हर्का – रु. १० लाख
८. भालुखोला सिँचाई आयोजना, रानिबास – रु. ५ लाख
८ लिफ्ट सिँचाई आयोजना, मचुवाटार – रु. ९० लाख

गाउँपालिकालाई समानिकरण अनुदान – रु. ७० लाख १९ हजार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *