Home > कविता > कविता : म भित्र तिमी देख्छु

कविता : म भित्र तिमी देख्छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रितम राया
कालेबुङ

जब
रंगीचंगी पुतलीहरु नाँचिरहेको बगैँचा हेर्छु
जब
तिमी अाउँछौ भनेर एकटक हेरिरहेको भञ्ज्याङ अनि डाँडाहरु देख्छु
तब म मभित्र तिमी नै देख्छु

जब घामको किरणले
मलाई स्पर्श गर्छ
जब
न्यानोपन भर्छ मेर‍‍‍ो अाँगनमा

जब बर्षाले मेरो शरीर भिज्छ
जब
उम्रिन्छ किसानको पसिनामा सुनको बाली
तब
जब अाँगानको डिलमा उभिएको
रातो गुलाबलाई हर्छु
जब घामको ताप र पानीको प्यासले तडपिएको बोटलाई देख्छु
तब म मभित्र तिमी देख्छु

जब
म फुल्न खोज्छु ,
फक्रिन खोज्छु ,
मेरो भावनाहरुलाई
क्षितिजले सुनौलो प्रभात छर्दै
तिम्रो नाममा स्वतन्त्रता लेख्न खोज्छु
तब म मभित्र तिमी देख्छु


जब
जूनकिरीको बत्तीमा ,तिमी खोज्छु पाउँछु तिमी जस्तो उज्यालोहरु
जब
बाडुलीले सताउँछ
निस्तब्ध त्यो रातमा पनि
तब म मभित्र तिमी देख्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: