Home > मुक्तक > प्रशान्ती राईका मुक्तकहरु

प्रशान्ती राईका मुक्तकहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रशान्ती राई
सामसिङ्ग खासमहल लोवर घुम्ती गाउँ।


हाँस्दा हाँस्दै कहिले आफैं रून मन लाग्छ
हिँड्दा हिँड्दै गन्तव्य नपुगी बस्न मन लाग्छ
म त जीवनदेखि थाकेको मान्छे न हुँ
कहिले सधैंको निम्ति निदाउन मन लाग्छ।

नखोज मलाई महलहरूमा
उर्लेर आएको छालहरूमा
पीडामा आह!सम्म गर्दिन
छोडिदेऊ आफ्नैं हालहरूमा

भूल्न तिमीले मलाई खोज्दैछौं
टाढा टाढा तिमी भाग्दै छौं
गल्ती के भयो मबाट यस्तो
हिजोको आफ्नो आज पराई हुँदैछौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: