Home > कविता > कविता : सपनामा ग्रहण लागेपछि

कविता : सपनामा ग्रहण लागेपछि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


मञ्जिल थाम्देन
सिंगला चियाबारी
दार्जिलिङ

रहरहरुको फूल फुलाएर
सुन्दर फूलबारी निर्माण गर्ने
चाहनामा रोपेको थिएँ केही फूलहरु,
सोंचे जस्तै कोपिलाहरु
डाली डाली चढेर
वैंश फुलाउन
अातुर बन्दै थिए,
मेरो मनभरि अानन्दका छालहरु उठदै थियो


उहीँ बेला,
एकहुल असिनाका दानाहरु
मच्चिएर वर्षीदियो फूलबारीभरि
अनि,
वैंशको पखेटा फिंजाउन नपाई
मुस्कानमा लाली चढाउँन नपाई
झारिदियो लथालिङ्गै
बनाईदियो भत्ताभुङ्गै
मेरो एक मुठ्ठी रहरहरुको सपना
फुलबारी भरी छत्ताछुल्लै।

त्यो निरंकुश बनेको बादलहरु
मेरो चाहनाको हत्या गर्न
कति तम्सिएर असिना पठाएछन्
मेरो अानन्दका छालहरु छात्तीभित्रै दबाउन
कति कालो बनी गर्जेछन्।

सँधै चाँदनी घुँघट अोडेर
थुम्का थुम्काको जाल बिछ्याउने
ऐ पापी बादलहरु…….!
बधाई छ तिमीहरुलाई
ऐ मेरो रहरहरुको हत्यारा हो…
फेरि बसाउनेछु थुप्रै रहरहरुको फुलबारीहरु
अनि,
वैंश नचाँएर तिमीलाई देखाउँनेछु
डाली डाली नाँचेर तिमीलाई गिज्याउनेछु
बसन्तमा तिमी विवश झुन्डिरहेको बेला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: