Home > समाचार > ब्रेन ट्युमर बिरामी शशिकला राईलाई कोरियाबाट सहयोग

ब्रेन ट्युमर बिरामी शशिकला राईलाई कोरियाबाट सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२८ भदौ, दक्षिण कोरिया। ब्रेन ट्युमर बिरामी शशिकला राईको उपचारका लागि दक्षिण कोरियाबाट सहयोग रकम हस्तान्तरण गरिएको छ। 

हतुवागढी गाउँपालिका वडा नम्बर ४ खैराङ्ग निबासी शशिकला राईलाई अस्पतालले ब्रेन ट्युमर भएको बताएपछी उपचारमा समस्या देखियो। काठमाडौको बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको उनलाई शल्यक्रियाका लागि करिब ८ लाख रुपैया जम्मा गर्नुपर्ने भयो। तर बिरामीको आर्थिक अवस्था कमजोर भएकाले आफैले रकम जुटाउन नसक्ने भएपछि परिवारले आर्थिक सहयोगको आह्वान गरेको थियो।

विभिन्न ब्यक्तित्व तथा सामाजिक संघ संस्थाहरुले आ-आफ्नो हिसावबाट आर्थिक सहयोग संकलन गर्ने क्रम शुरु भयो । त्यसै क्रममा हतुवागढी स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत भुपाल थापा, राजन थापा, डिबि राई, सुनिल राई लगायतको अगुवाईमा आफ्नो गाउँको मान्छेलाई यस्तो गम्भीर रोग लागेकोमा उपचारार्थ सहयोग गर्नुपर्छ भन्ने मनसायले दक्षिण कोरियामा सहयोग संकलन शुरुवात भयो। संकलन अभियानमा संलग्न डिबि राईका अनुसार नेपालको विभिन्न ठाउँबाट कोरिया आउने साथिहरु मध्ये ४४ जनाबाट संकलन गरिएको  जम्मा रकम १२,१५,००० कोरियन वन हुन आएकोमा आजको (भदौ २८ गते) रेमिट्यान्स दरले रु. १,१९,४४७ (एक लाख उन्नाईस हजार चार सय सत्चालिस) रकम हुन आएको रकम शशिकला राईको छोरि एलिसा राईको खातामा जम्मा गरिको छ।

“यो अभियानका लागि भोजपुर परिवार दक्षिण कोरिया तथा सहयोगी सम्पुर्ण साथिहरुलाई धन्यवाद दिन चाहन्छौँ।” भन्दै डिबि राईको थप भनाई छ,” बिरामिकी छोरी एलिशा राईले आफ्नो संसार बचाउन सहयोग गरेकोमा सबैजनालाई धेरै धेरै धन्यवाद सुनाईदिनु भनेकी छिन्।”

उपचाररत बिरामिको नियमित उपचार संगै केही दिन अघि शल्यकृया गरेर अहिले चिकित्सकको नियमित निगरानिमा राखिएको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: