Home > प्रमुख > हतुवागढिका ३८९ घरबाट फुसको छानो हटाईदै

हतुवागढिका ३८९ घरबाट फुसको छानो हटाईदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा “बगाले”
हतुवागढी, ३० भदौ। हतुवागढी गाउँपालिकाका ३८९ घरधुरिलाई यो आर्थिक बर्षभित्र सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानोमुक्त गरिने भएको छ।

नेपालकाे संविधान २०७२ मा ब्यबस्था गरिएको माैलिक हक अन्तर्गत “अावासकाे अधिकार सम्बन्धि ऐन-२०७५” बमोजिम सुरक्षित र वातावरणमैत्री अावासकाे अधिकारमा गरीबीकाे रेखामुनि रहेका नागरिकलाई जस्तापाता छानामुनी ल्याउने नेपाल सरकारकाे नीति तथा कार्यक्रम अनुसार अा. व. २०७७/७८ काे बजेट्बाट शहरी विकास मन्त्रालय, संघीय अायाेजना कार्यन्वयन ईकाई, शहरी तथा भवन निर्माण अायाेजना धनकुटा मार्फत भाेजपुर जिल्लाकाे सुरक्षित नागरिक अावास समन्वय समितिकाे पहिलो बैठक गत भदौ २५ गते बसेको थियो। “सुरक्षित आवास कार्यबिधि निर्देशिका-२०७५” अनुसार भोजपुर जिल्लाका संघिय सांसद माननीय सुदन किराँतीकाे संयाेजकत्वमा बसेकाे बैठकको निर्णयानुसार केन्द्रबाट अा. व. २०७७/७८ को बजेट कार्यक्रमका लागि हतुवागढी गाउँपालिकालाई २८९ घरसंख्याका लागि सो कार्यक्रममा छनौट गरिएको थियो। केन्द्रबाट भोजपुर जिल्लाका लागि जम्मा २ हजार ३३० घरधुरिलाई यो कार्यक्रम दिईएको छ।

हतुवागढी गाउँ कार्यपालिकाको भदौ २९ गते बसेको बैठकमा केन्द्रबाट प्राप्त सो संख्या मध्ये गाउँपलिकाको वडा नं-२ मा ५५, वडा नं-४ मा ४२, वडा नं-५ मा ४२, वडा नं-६ मा ५५, वडा न-८ मा ४० र वडा नं-९ मा ५५  घरधुरिलाई छनौट गरिने निर्णय गरिएको छ भने बाँकी वडाहरु वडा नं-१ मा ४०, वडा नं-३ मा ३० र वडा नं-७ मा ३० गरि १०० घरधुरिलाई गाउँपालिकाकाे अा. व. २०७७/७८ काे विनियोजित  विपन्न अावास कार्यक्रमबाट सो कार्यक्रममा सहभागी गराईनेछ।

यसरी हतुवागढी गाउँपालिकाकओ लागि संघिय सरकारबाट प्राप्त २८९ र स्थानिय सरकारको १०० गरि जम्मा ३८९ घरधुरिका लागि सुरक्षित नागरिक आवास कार्यक्रममा संलग्न गराउनका लागि कार्यबिधी निर्माण गरि आगामी असोज १ गते गाउँपालिकाका ९ वटै वडाहरुमा सुचना प्रकाशन गरिने गाउँपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: