Home > कविता > कर्ण तिम्रो मङ्गल मृत्युमा

कर्ण तिम्रो मङ्गल मृत्युमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महेश प्रधान, दार्जीलिङ।

जीवन अनित्य छ, क्षणभङ्गुर छ,
दार्शनिक जस्ता यी कुराहरू
अनुभवसित पटक्कै मेल नखाने
तर आत्मीय जनको मृत्युले
भरङ्ग पार्छ घरि घरि
भने नि भरै नै बिर्सनेछन्
तिम्रो चाउरिएको अनुहार
खिस्स परेको मुस्कान पनि


तर मध्ये दिनको चर्को घाममा
खोज्दै आउँछ दगुरेर र उभिन्छ
पसिना पुछ्दै बस्छ, थकाई मार्छ
तिमीले स्याहारेर झाँगिएको रूख मुन्तिर
बर्खा झरीमा चर्किएको भूमि
लैजाला कि पैरोले भनिकन
सधैँ ओताइ रहन्थ्यौ पानी सिसा
छाँदेगाठो हालिरहन्थ्यौ बलियो गरी
तब नेसासले सास फेर्थ्यो
जातीय अस्मिताका कविताहरू भएर
वीरताका कथा भएर


तर तिमीले सास फेरेको कहिल्यै देखिनँ
जिउँदा छन् कि छैनन हँ भनेर
घच्घच्याउन पनि खोज्थे शठहरू
धेरैलाई थाहै थिएन यो पनि
तिमी सास होइन नेसास फेर्दथ्यौ
तिमी नेसास फेरिरहेछौ अझ पनि
तर तिम्रो देह वरिपरि धूप जलिरहेछ
हेर हेर बादल पनि त फाटिरहेछ
आज तिम्रो आत्माले मुक्त माटो खोजिरहेछ
मुक्त माटो खोजिरहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: