Home > मुक्तक > आनन्द छेत्रीका तीन मुक्तकहरु

आनन्द छेत्रीका तीन मुक्तकहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


आनन्द छेत्री
चिसोपानी, सिंगताम सिक्किम।


१.
उ जस्तै किन नहोस, तिमी ठिक हुनु गर्व लाग्छ
उ जस्तै भएर तिम्रो पहिचान, नगुमाउनु गर्व लाग्छ
आफु भलो त जगत भलो सुनेको कुरा मात्र नहोस
सस्तै किन नहोस तिमीले, आकाश छुनु गर्व लाग्छ।

२.
मसंग बाँचेको एउटा याद छ, सम्झिरहनलाई
सहन नसक्दो गहिरो घात छ, बल्झिरहनलाई
साथ छुट्यो त आँसु लुकाई हाँसेको कारण छ
मसंग बाँचेको एउटा साथ छ, अल्झिरहनलाई।

३.
बचन बरू सहि दिउँला, भो नजलाऊ मलाई
तड़पन बरू सहि दिउँला, भो नगलाऊ मलाई
मनमा के छ पिड़ा बरू जतन गरी बाँचीदिन्छु
धड्कन बरु थामी दिउँला, भो नसताउ मलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: