हतुवागढी – २ आहालेका श्यामसुन्दर सोयोङ्ग राईको शब्द रचना रहेको घोडेटार बजार हतुवागढी बोलको गित भर्खरै सार्वजनिक भएको छ।
संगितकर्मी सुखदेव राईको संगित तथा स्वर रहेको यो गितमा हतुवागढी क्षेत्रका बिभिन्न प्रसिद्ध स्थलहरुको वर्णन गरिएको छ। परदेशमा रहेर आफ्नो जन्मभुमि सम्झना गरिएको गितका गितकार राई हाल रोजगारिका लागि दुबईमा रहेका छन्।
संगितकर्मी मनोज साङ्सोनले संगित संयोजन गर्नुभएको यो गितको स्टुडियो भिडियो तथा ग्राफिक्स जस्केलो कृयशनले तयार गरेको हो। यो गितलाई स्टुडियो किङ्गमा शुरेश राईद्धारा रेकर्ड गरि राजु कार्किको ध्वनी मिश्रण तथा सम्पादनमा आजै स्टुडियो किङ्गकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।