Home > प्रमुख > चुहारमा बन्ने पक्की पुलको टेन्डर स्विकृत

चुहारमा बन्ने पक्की पुलको टेन्डर स्विकृत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा “बगाले”

हतुवागढी, ६ असोज। भोजपुरको हतुवागढी गाउँपालिका (हसनपुर) र उदयपुरको बेलका नगरपालिका (मैनामैनी) जोड्ने चुहार स्थित दुधकोशी नदिमाथि पक्की पुल निर्माणका लागि आव्हान गरिएको बोलपत्र (टेन्डर) स्वीकृत भएको छ।

हिजो असोज ५ गते प्रदेश नं. १ भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको यातायात पुर्बाधार निर्देशनालयद्धारा एक सुचना प्रकाशीत गरि सो कुरा जानकारि गराईएको हो। उक्त निर्देशनालयबाट गत जेठ ९ गते आव्हान गरिएको बोलपत्र सुचना अनुसार बिद्युतिय प्रणाली (Online) मार्फत पेश भएका बोलपत्रहरु मध्येबाट प्राबिधिक मुल्याङ्कनमा उतिर्ण बोलपत्रदाताहरु मध्येबाट प्रदेश सार्वजनिक खरिद नियमावली २०७७  अनुसार न्युनतम मुल्याङ्कित सारभुत प्रभावग्राहीको आधारमा Kalika-Pacific JV काठमाडौको बोलपत्रलाई स्वीकृत गरिएको छ। प्रकाशित सुचना अनुसार सो बोलपत्र दाताको कबोल रकम २१ करोड, २३ लाख, १२ हजार ४०७ रुपैँया रहेको जनाईएको छ।

प्रदेश नं. १ मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुबेदिका अनुसार यहि महिनाभित्र उक्त पुलको शिलान्यास गरि कार्यारम्भ गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: