Home > समसामयिक > हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राई र शिक्षिका गंगा राईको परिवारलाई समबेदना

हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राई र शिक्षिका गंगा राईको परिवारलाई समबेदना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा “बगाले”
हतुवागढी, ७ असोज। गत असोज ३ गते न्युरो अस्पताल बिराटनगगमा असामयिक निधन हुनुभएको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको सम्मानमा हिजो श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

हतुवागढी-४ खैराङ्ग स्थित सृजनशिल महिला भवनमा गरिएको संक्षिप्त कार्यक्रममा उपाध्यक्ष राईको परिवारका साथै गाउँपालिका अध्यक्ष तथा नेकपा भोजपुरका अध्यक्ष प्रेमकुमार राई, सगरमाथा उच्च मा. वि. का ब्यबस्थापन समिती अध्यक्ष ईश्वरमान राई, हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, नेकपा हतुवागढी सचिव ईन्द्र थापा, अखिल नेपाल महिला संघ भोजपुरका प्रतिनिधिहरु, राष्ट्रिय युवा संघ नेपाल भोजपुरका प्रतिनिधिहरु, अनेरास्ववियु प्रतिनिधिहरु, विभिन्न वडाका वडा प्रतिनिधिहरु तथा स्थानियहरुको उपस्थितिमा भएको सो कार्यक्रममा परिवारजनलाई विभिन्न संघ संस्थाबाट समबेदना-पत्रहरु हस्तान्तरण गरिएको थियो। नेकपा भोजपुर, हतुवागढी गाउँपालिका, भोजपुर नगरपालिका, राष्ट्रिय युवा संघ भोजपुर, अनेरास्वबियू भोजपुर, नेकपा हतुवागढी, लगायतले आ-आफ्ना प्रतिनिधि मार्फत शोक सन्तप्त परिवारलाई समबेदना सहित समबेदना पत्र हस्तान्तरण गरेका हुन्।

सो संक्षिप्त कार्यक्रममा समबेदना सन्देश दिनुहुँदै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले उपाध्यक्ष राईको सम्मानमा सृजनशिल महिला भवनलाई चन्द्रमा राई स्मृती भवन नामाकरण गर्न तथा सो भवनलाई अझ पुर्वाधारयुक्त बनाउन आवस्यक पहल गर्ने बताउनुभयो। उहाँले थप्नुभयो, “दुधकोशिमा पक्की पुल निर्माण भएपछी अत्यन्तै महत्वपुर्ण र केन्द्रमा पर्ने आफ्नो स्वामित्वको जग्गा एउटा सामुदायिक हितका लागि भवन बनाउन दान(उपलब्ध) गराउने उदारता देखाउनुहुने उहाँको सम्मानमा हामिले यति प्रयत्न किन नगर्ने त?” अध्यक्ष राईले यो प्रस्ताव आगामी गाउँ कार्यपालिकाको बैठकका आफुले प्रस्तुत गर्ने जानकारी समेत दिनुभयो।

उपाध्यक्ष राई नेकपा भोजपुरको सचिवालय सदस्य तथा अन्य विभिन्न सामाजिक संघ संस्थाहरुमा संलग्न हुनुहुन्थ्यो।

त्यस्तै गरि गत असोज ४ गते हतुवागढी गाउँपालिका वडा नं. २ स्थित शान्ती निकेतन आधारभुत बिद्यालयमा कार्यरत शिक्षिका गंगा राईको निधन भएको थियो। उपचारको क्रममा धरानमा रहँदै आउनुभएको उहाँको पार्थिव शरिरलाई हतुवागढी २ लुङ्गिन स्थित उहाँकै निवासमा पुर्‍याई जातिय संस्कार अनुसार दाह संस्कार गरिएको छ।

त्यस अघि उहाँको पार्थिव शरिरलाई लुङ्गिन पुर्‍याएपछि परिवार एवं भोजपुर जिल्लाका संघिय सांसद सुदन किराँती, नेकपा केन्द्रिय सदस्यहरु जयन्ती राई, हरिबहादुर राई, नेकपा भोजपुरका सचिब बिमल खड्का, शरण राई, लक्ष्मण खड्का, अनेमसंघ भोजपुर अध्यक्ष ईन्द्रावती राई, युवासंघ भोजपुर संयोजक सन्दिप राई, नेकपा हतुवागढी सचिब ईन्द्र थापा लगायत राजनैतिक पार्टिका शुभेच्छुक एवं २ नं. वडा कार्यालयका जनप्रतिनिधी, शिक्षकरु, स्थानियबासिहरुले श्रद्धाञ्जली दिएका थिए। सो क्रममा विभिन्न समयमा नेकपाको विभिन्न सांगठानिक तहमा बसि जिम्मेवारी पूरा गर्नुभएकि राईलाई संघिय सांसद किराँती र नेकपा नेता जयन्ती राईले संयुक्त रुपमा नेकपाको हँसिया हथौडा अंकित पार्टी झन्डा ओडाएर सम्मान गर्नुभएको थियो।

स्वर्गीय राईको परिवारलाई हतुवागढी गाउँपालिका २ नं. वडा कार्यालय, नेकपा हतुवागढी, शिक्षक महासंघ हतुवागढी लगायतले समबेदना पत्र हस्तान्तरण गरेका छन्। उहाँको दुई छोरी र एक छोरा छन भने श्रीमान बैदेशिक रोजगारिको लागि मलेशियामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: