राजमणी राईको शब्द रचना रहेको मेरि आमा बोलको गित भर्खरै सुप्रसिद्ध गायक राजेशपायल राईको स्वरमा सार्वजनिक भएको छ।
नवीन संघर्षको संगितमा बनेको गितले आमाको महिमा र महत्व दर्शाएको छ। “सन्तानहरुको खुसिका लागि सम्पुर्ण रुपमा त्याग र समर्पण गर्ने आमा महान हुन्।” गितको भावले यस्तै भन्छ।
राजु कार्किको संगित संयोजन रहेको गित स्टुडियो किङ्गका लागि मनोज साङ्सोनले रेकर्ड गर्नुभएको हो भने जस्केलो कृयशनले स्टुडियो भिडियो तयार गरेको हो।