Home > प्रमुख > चुहार पुलको शिलान्यास, १८ महिनाभित्र सम्पन्न गर्ने निर्माण कम्पनिको प्रतिबद्धता

चुहार पुलको शिलान्यास, १८ महिनाभित्र सम्पन्न गर्ने निर्माण कम्पनिको प्रतिबद्धता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा “बगाले”

हतुवागढी, २७ असोज। भोजपुर र उदयपुर जिल्लालाई जोड्ने दुधकोशी नदिको चुहार स्थित बन्न लागेको पक्की(मोटरेवल) पुलको शिलान्यास भएको छ।

प्रदेश नम्बर १, भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पुर्वाधार निर्देशनालय ईटहरिको आयोजनामा बन्न लागेको उक्त पुलको शिलान्यास हिजो असोज २६ गते निर्माण स्थलमै एक कार्यक्रमका बिच प्रदेश नम्बर १ का माननीय मुख्यमन्त्री शेरधन राईले गर्नुभएको हो।

प्रथम पटक आह्वान गरिएको बोलपत्र(टेन्डर) मा कसैको आवेदन नपरेपछी दोस्रो पटक गत  जेठ ९ गते पुनः बोलपत्र आह्वान गरिएको थियो। सो टेन्डर सुचना अनुसार निर्देशनालयले गत असोज ५ गते एक सुचना जारी गर्दै Kalika-Pacific JV, Kathmandu को टेन्डर स्वीकृत गरेको जनाएको थियो।

मूल्य अभिबृद्धी कर (VAT) सहित कुल २१ करोड, २३ लाख, १२ हजार, ४०७ रुपैँया २१ पैसा लागतमा बन्ने सो Steel Truss Bridge (पक्की पुल) को लम्बाई ९० मिटर र चौँडाई १०.५ मिटरको हुनेछ। दुबै तर्फ १.५ मिटरको पैदलमार्ग सहित यातायात साधनका लागि जम्मा ७.५ मिटरको चौडाई रहनेछ। प्रदेश सरकारको पुर्ण लगानिमा सम्पन्न हुने यो आयोजनाको सम्झौता गत असोज २१ गते भएको थियो भने आगामी २०७९ साल कार्तिक ४ गतेभित्र आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका अन्तर्गत हसनपुर र उदयपुर जिल्लाको बेलका नगरपालिका अन्तर्गत मैनामैनिको बिचमा अवस्थित चुहारमा स्थानिय नागरिकहरुको उपस्थितिमा सम्पन्न सो शिलान्यास कार्यक्रममा ठेकेदार कम्पनिका तर्फका प्रतिनिधिले सम्झौता अनुसार दुई बर्षभित्रमा सम्पन्न गरिनुपर्ने भए पनि यो आयोजना १८ महिनामै सम्पन्न गर्ने गरि काम गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो। सोही सिलसिलामा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बर्षौँदेखी जोखिमपुर्ण पैदलयात्रा गर्न बाध्य हतुवा, आमचोक, खोटाङ्ग सिमाक्षेत्र तथा रामप्रसाद राई गाउँपालिकाका बासिन्दाहरु मात्र नभएर यो पुलको निर्माण पश्चात भोजपुर जिल्लाको अधिकांश क्षेत्रबाट तराई जानका लागि अत्यन्तै छोटो बाटो बन्ने उल्लेख गर्दै यो आयोजना समय मै सम्पन्न गर्नका लागि आवस्यक पहल र खवरदारी आवस्यक रहने बताउनुभयो। भोजपुर जिल्लाका माननीय संघिय सांसद सुदन किरातिले उक्त पुल निर्माण संगै भोजपुरका नागरिकहरुले यातायातमा सुबिधा त पाउँछन् नै त्यो संगै अन्य महत्वपुर्ण विकास पुर्वाधारहरुको निर्माण समेत अपरिहार्य भएको बताउनुभयो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले यो आयोजना प्रदेश सरकारको आफ्नै आयोजना भएकोले समय मै सम्पन्न हुने कुरामा निर्धक्क रहन अपिल गर्नुभयो। उहाँको भनाई थियो, “संघिय सरकार (केन्द्र सरकार) र प्रदेश सरकारको कार्यतालिका फरक छ। हामी आफ्नै कार्यतालिका अनुसार काम गरिरहेका छौँ। त्यसैले केन्द्रिय योजनाहरुभन्दा तिब्र गतिमा प्रादेशिक योजनाका कामहरु संचालन हुन्छन्।” साथै उहाँले निर्माण कम्पनिलाई यो परियोजनाका लागि प्रदेश सरकारका तर्फबाट आवस्यक सहयोग भरपुर प्राप्त हुने उल्लेख गर्दै सकेसम्म एक बर्षभित्रै सम्पन्न गर्न समेत सुझाव दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: