दक्षिण कोरिया, २८ असोज। युरेशिया कल्चरल फोरम दक्षिण कोरियाले कोरियामा कार्यरत प्रबासी नेपाली प्रतिनिधि कविहरुको कवितालाई कोरियन भाषामा अनुवाद गरि कविता संग्रहको रुपमा प्रकाशन गरेको छ।
विभिन्न माध्यमबाट दक्षिण कोरिया आएर नेपाली साहित्य लेखनमा सक्रिय ३५ जना नेपाली प्रतिनिधि कविहरुको ७० वटा कवितालाई कोरियन भाषामा अनुवाद गरिएको हो। “यो मेशिनको शहर हो” नामक उक्त संग्रहमा कविहरुको कोरिया अनुभूति समेटिएको बताईएको छ। नेपालिहरुले अनुभुत गरेका कोरियाको जनजिवन, कामको अनुभव जस्ता बिषयहरुमा लेखिएका कविताहरु कोरियन भाषामा प्रकाशन गर्ने “नेपाली लेखक संघ” संग सहमती भएको कुरा संघका अध्यक्ष तथा साहित्यकार श्रवण मुकारुङ्गले जानकारी दिनुभएको थियो।
३ बर्ष अघि शुरु गरिएको यो प्रयासमा सबै कविहरु समेट्न नसकिएको भन्दै पछिल्लो समय यो कार्यमा संयोजन गरिरहनुभएका इतर आवाज साहित्य समाज दक्षिण कोरियामा प्रमुख पराजित पोमुको कथन छ, ” कोरियामा बाह्र घन्टे कामको थकान र तनावबाट बचेको सानो समय उपयोग गर्दै नेपाली साहित्यको सेवा गरौं भन्ने ध्येयले साथै नेपाली कविताको संस्कृति र समाजको पाटो कोरियाको साहित्य, संस्कृति र समाजसंग जोड्ने उद्धेश्यले गरिएको यो प्रयासमा केहि राम्रा कविता लेख्ने साथीहरू छुट्नुभएको छ, कतिपय साथीहरू आफैं जोडिनबाट अलग पनि रहनु भयो, जोडिन सकेनौं।”
“यो मेशिनको शहर हो” कविता संग्रहमा निम्न कविहरुको कवितालाई कोरियन भाषामा अनुबाद गरिएको छ :
१. सुरेश सिंह सम्बाहाङ्फे
२. सेसेफुङ सेर्मा
३. सुष्मा रानाहँमा
४. शकुन आँशु
५. खोम गुरूङ
६. बाबु बलिन्द्र
७. सुन्दर तुङ्हाङ “गाऊँले”
८. निर्गराज राई
९. रमेश सायन
१०. गनिन्द्र विवश
११. राम कुमार राई
१२. मधु सिङ्जाली मगर
१३. विङ्कल चेम्जोङ्
१४. सञ्जय काऊछा
१५. दिपा मेवाहाङ राई
१६. यल्जी विवश
१७. वियोगि काइँला
१८. सरोज सर्वहारा
१९. ऐश्रर्य श्रेष्ठ
२०. विष्णु वाग्ले
२१. उत्तम खजुम
२२. डम्बर सुब्बा
२३. डि.आर. न्यौपाने
२४. मातृका नेम्बाङ
२५. दिलिप बान्तावा
२६. जिवन खत्री
२७. मिलन कान्छा किराँती
२८. देवेन्द्र थान्सुहाङ
२९. अनिल किराँती
३०. सुनिल दिप्त राई
३१. आनन्द भट्टराई
३२. निर्दोष शिव
३३. बोनम प्रताप
३४. कृष्ण किराँत
३५. पराजित पोमु