Home > समाचार > प्रदेश सरकारले भोजपुरको हतुवागढि सहित १४ वटा स्थानिय सरकारलाई दमकल र प्रहरी भ्यान दियो

प्रदेश सरकारले भोजपुरको हतुवागढि सहित १४ वटा स्थानिय सरकारलाई दमकल र प्रहरी भ्यान दियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर, २९ असोज । १ नम्बर प्रदेश सरकारले ११ वटा स्थानीय तहहरुलाई प्रहरी भ्यान र बारुणयन्त्र हस्तान्त्रण गरेको छ । ५ करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएको ११ वटा वारुण यन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँमा खरिद गरिएको प्रहरी भ्यान बिहीबार प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारले प्रदेशका १४ जिल्लाका एक–एक वटा स्थानीय तहमा “मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र” सञ्चालन गरेको छ । सोहि केन्द्रका लागि एक थान वारुण यन्त्र र एक थान प्रहरी भ्यान हस्तान्तरण गरिएको हो । केन्द्रका लागि एम्बुलेन्स पनि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी रहेको बताईएको छ ।

स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाइ मुख्यमन्त्री शेरधन राईले बारुणयन्त्र/दमकल र प्रहरी भ्यानको चाबी हस्तान्तरण गर्नुभएको सो संक्षिप्त कार्यक्रममा प्रदेशका १४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र एकीकृत शान्ति सुरक्षा, विपद र स्वास्थ सेवा सञ्चालन गर्ने उद्देश्यका सञ्चालन भएको उहाँको भनाई थियो।

मुख्यमन्त्री अत्यावस्यक सेवा केन्द्र स्थापित
स्थानिय तहको प्रमुखको अध्यक्षतामा सेवा केन्द्र सञ्चालन समिति रहनेछ । केन्द्रमा प्रयोग भएका सवारीको इन्धन र मर्मत पालिकाले व्यहोर्ने छ भने जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्ने बताईएको छ।

हतुवागढी गाउँपालिकालाई उपलब्ध प्रहरी भ्यान

प्रदेश सरकारले सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिका पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागढि गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको रौतामाई गाउँपालिकालाइ सेवा केन्द्र संचालनका लागि उक्त बारुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको छ । तीन जिल्लाका तीनवटा स्थानिय तहलाई केही समयपछि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी रहेको बताईएको छ।

हतुवागढी गाउँपालिकालाई उपलब्ध बारुणयन्त्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: