Home > कविता > कविता : परिचय

कविता : परिचय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दीप एकल

चिन्नु हुन्छ मलाई ?
एक बिहान चिया पसलमा
अपरिचित ओँठहरुबाट मुस्कान साटेर
हामी परिचित भएका थियौँ ।

जिन्दगीको बाटोको वारपार किनारमा
हामी एकछिन उभिएरै भए नी
हात हल्लाएरै गहिरो संबाद गरेका थियौँ ।

चौतारोमा बिसाएर तनाबको भारी
मन खोलेरै केहिबेर हासेका थियौँ ।

सम्झिनु भो ?—
(बूढो भएसी त आफ्नापनि
आफ्ना नरहदा रहेछन बाबू )
तपाईले पोखेको दुखेसो थियो
र मैले एक बिहान आमासंग झर्किएर
घर आउँदिन भन्दै लगाएको घुर्की
बाफिलो आशु बनेर
हजुरकै अगाडि पोखिएको थियो ।

हामी
बिचारको लडाइँमा फरक बिचार बोकेर पनी
आत्मिय बनेका ती साथी हुन सक्छौं
आस्थाको तराजुमा जोखिदा तलमाथी भएपनी
मानवताको रथमा यात्रा गर्ने
एक समान यात्री हुन सक्छौं ।

सम्बन्धको बगैंचामा नवीन कोपिला
भरोसाको पर्खालमा एक दरिलो आधार
मायाको समुन्द्रमा एक अँजुली समर्पण
यस्तै केही हुनसक्छ हाम्रो परिचय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: