Home > प्रबास > नेपाली कविहरुको कविता संग्रहलाई कोरियामा “रेड अवार्ड”

नेपाली कविहरुको कविता संग्रहलाई कोरियामा “रेड अवार्ड”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


दक्षिण कोरिया, २४ कार्तिक। दक्षिण कोरियामा रहेका प्रवासी नेपालिहरुको कोरियन भाषामा प्रकाशित कविता संग्रह “यो मेशिनको शहर हो” लाई कोरियाको राजधानी सउलमा आयोजित एक कार्यक्रमका बिच “रेड अवार्ड” प्रदान गरिएको छ।


कोरियामा बिभिन्न सामाजिक क्षेत्रमा उठ्ने गरेका समस्याहरुको विषयमा आधारित कला, संगीत, साहित्य, समाजसेवा गरि चार बिधालाई छनोट गरि प्रत्येक बर्ष कोरियाको प्रगतिशिल वामपन्थी राज्य पक्षधरले पुरस्कार प्रदान गर्ने गर्दछ। नोभेम्बर ७ का दिन रुसि अक्टुबर क्रान्तिको स्मृतिको अवसर पारेर यहाँ स्थित Labour Party ले “Red Awards” आयोजना गरिएको थियो । “यो मेसिनको शहर हो” संयुक्त कविता संग्रह पनि कोरियाको औंधोगिक क्षेत्रमा उठ्ने गरेको सामाजिक समस्याहरुलाई उठाईएकोले मनोनयनमा परि उत्कृष्ट  २० पुस्तक भित्र छनोटमा पर्न सफल भएको हो। यो औंधोगिक क्षेत्रमा उठ्ने प्रवासी कामदारहरुको समस्या मात्र नभई समग्र कोरियन कामदारहरुको समेत ज्वलन्त समस्या हो भन्ने कोरियनहरूको ठम्याई रहेको छ।

Award बितरण कार्यक्रममा सहभागिहरु।


 नेपालबाट विभिन्न माध्यमबाट दक्षिण कोरिया आएर साहित्यक्षेत्रमा(बिशेष गरि कविता लेखन) सक्रिय ३५ जना प्रतिनिधि कविहरुको  नेपाली कवितालाई कोरियन भाषामा अनुबाद गरि गत महिना प्रकाशन गरिएको थियो। विशेष गरि कोरियामा श्रमिकका रुपमा कार्यरत नेपालिहरुको कोरियाली अनुभुतीलाई समेटेर लेखिएका कविताहरु संकलन गरि अनुबाद गरिएको हो। मोहन कार्की र ई-गिजु (कोरियन) ले सबै कबिताहरु अनुबाद गरेका हुन् भने कोरियाली नागरिक ह्वाङ् ग्यू ग्वान ले प्रकाशन गरेका हुन्।


साथै यो बर्ष कोरियामा प्रकाशन भएका साहित्यिक पुस्तकहरू मध्ये सर्बाधिक बिक्री हुने पुस्तकका साथै  उत्कृष्ट  अनुवादको सुचिमा समेत पर्न सफल भएको कुरा इतर आवाज साहित्य समाज दक्षिण कोरियाका शिर्षबिन्दु (प्रमुख) पराजित पोमुले बताउनुभएको छ। कविता संकलन र अनुबादको लागि मध्यस्थता समेत गर्नुहुने पोमुका अनुसार “यो मेसिनको शहर हो” छोटो समय अवधीमा दोस्रो संस्करण समेत बजारमा ल्याईएको छ। उहाँ थप्नुहुन्छ, “कोरियन भाषामा प्रकाशित कविता संग्रहको नेपाली संस्करण ल्याउने तयारी समेत भईरहेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: