Home > प्रमुख > मुख्यमन्त्री राई गृहजिल्लामा : भौतिक निर्माणका विभिन्न परियोजनाहरुको उद्घाटन र शिलान्यास

मुख्यमन्त्री राई गृहजिल्लामा : भौतिक निर्माणका विभिन्न परियोजनाहरुको उद्घाटन र शिलान्यास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुर, २४ कार्तिक। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर सदरमुकामदेखि टक्सार विमान स्थलसम्मको कालोपत्रे सडकको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री राईले कार्तिक २३ गते आइतबार भोजपुरमा आयोजित एक कार्यक्रमका बीच सडकको उद्घाटन गर्नुभएको हो ।

जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको १६ करोड ९२ लाख लागतमा सडक कालोपत्रे गरिएको हो । रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको यो सडकको लम्बाई ५ किलोमिटर रहेको छ । कालोपत्रेको मोटाई ४ सेन्टिमिटर रहने जनाइएको छ । मुख्यमन्त्री राईले सो सडक २०७६ वैशाख ७ गते शिलान्यास गर्नु भएको थियो । शिलान्यास गरेको डेढ वर्षपछि सडक उद्घाटन गरिएको हो ।
त्यस्तै गरि मुख्यमन्त्री राईले भोजपुर सदरमुकाममा बन्ने भोजपुर सभाहल र यलम्बर सभाहलको शिलान्यास समेत गर्नुभएको छ।  प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन निमार्ण कार्यालय मार्फत ५ करोड ६९ लाख २३ हजार ७ सय ८१ रुपैया लागतमा भोजपुर सभाहल निमार्ण हुने छ भने ३ करोड ५८ लाख ४० हजार ८ सय ८१ रुपैया लागतमा यलम्बर सभाहल निर्माण हुनेछ । सभाहल निर्माणका लागी गत कार्तीक २० गते र यलम्बर सभाहल निमार्णका लागी गत कार्तिक ३ गते, शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटा र कुन्सालीङ कन्सट्रक्सन प्रा.ली. भोजपुर विच एक बर्षभित्रमा निर्माण कार्य सम्पन्न हुनेगरी सम्झौता भईसकेको छ ।  साथै  मुख्यमन्त्री राईले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको समेत उद्घाटन गर्नुभएको छ । यस कार्यालयले भोजपुर र संखुवासभालाई सेवा दिने बताइएको छ ।

उद्घाटन तथा शिलन्यास कार्यक्रममा बोल्ने क्रममा मुख्यमन्त्रि शेरधन राईले प्रदेश सरकारको मुख्य योजनामा सडक सहित खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सञ्चार लगायत रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले भोजपुरको विकासका लागी मुख्यमन्त्रिको भूमीका महत्वपुर्ण हुने बताउदै जिल्लामा पशु अस्पताल र यातयात कार्यालयको अत्यन्त आवश्यक भएकाले यी कार्यालय स्थापनाका लागी माग गरेका थिए।

मुख्यमन्त्री राईले सोमबार टेम्के डाँडामा बन्न लागेको ‘टेम्के भ्यू’ टावरको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सोमबार नै टेम्केमैयुङ गाउँपालिकालाई ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: