रबिन थापा “बगाले”
हतुवागढी, १७ मंसिर। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले आज बीमादाबी बापत तीन लाख चौहत्तर हजार(३,७४०००/-) रुपैँया भुक्तानी गरेको छ ।
मंगलबार कम्पनिले हतुवगढि गा.पा फलामढुङ्गाका बिमित स्व.चन्द्रमा राईको घरमै पुगेर मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी बीमितको भाई महेन्द्र राईलाई तिन लाख चौहत्तर हजारको चेक हस्तान्तरण गरेको हो ।
हतुवागढी गा.पा. अध्यक्ष श्री प्रेम कुमार राई प्रशासकिय अधिकृत मणिराम खतिवडा, वडाध्क्ष्य जोर कुमार राई र सिटिजन लाइफ इन्स्योरेन्स धरान शाखा प्रमुख खगेन्द्र तोलांग, लगायत कम्पनीका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा बीमितको भाइ महेन्द्र राई लाई चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष राईले जीवन बिमाको महत्व र आवश्यकताको बिषयमा प्रष्ट पार्दै बिमाको सिद्धान्त तथा मर्मनुसार करार बमोजिम कम्पनीले दायित्व र जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।
भावनात्मक क्षतिलाइ पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बिमाले ठूलो राहत पुर्याउने तथा बिमाबापत प्राप्त भुक्तानीले आश्रित परिवारका सदस्यहरुको जीवनयापन र सन्ततिहरुको शिक्षादिक्षा, सामाजिक कार्य गर्न बिमाले महत्वपूर्ण भूमिका खेल्ने बिषयमा धरान शाखा प्रमुख खगेन्द्र तोलांगले बताउनुभयो।
थोरै रकम बचत गरेर परेको बेलामा जोखिम समेत बहन गर्न सक्ने हुँदा बीमा सम्बन्धि चेतना वृद्धि गर्नुपर्ने धारणा वडा अध्यक्ष जोर कुमार राईले व्यक्त गर्नुभयो।
हतुवगढी –४ निवासी स्व. चन्द्रमा राईले सिटिजन जीवन सारथि बीमा योजनामा आफ्नो भाइ महेन्द्र राईलाई हकवाला रहने गरी तिन लाखको १५ वर्षे जीवनबीमा गरि दोश्रो किस्ता बुझाउनुभएको थियो। हतुवागढी गा.पा. को उपाध्यक्ष समेत रहनुभएको राईको यही असोज ३ गते मृत्यु भएको थियो ।।।