रविन थापा “बगाले”
हतुवागढी, १८ मंसिर। हतुवागढी गाउँपालिकाको आयोजना तथा हेल्भटास नेपालको सहकार्यमा “सुरक्षित आप्रबासन परियोजना” को एक दिने अभिमुखिकरण कार्यक्रम गत मंसिर १६ गते गाउँपालिकामा सम्पन्न भएको छ।
नेपाल सरकार र स्विजरल्याण्ड सरकारबिच भएको दुई पक्षिय सम्झौता अनुसार संचालित हेल्भटास नेपालले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा सो परियोजना संचालन गरिरहेको छ।
सुरक्षित आप्रबासन परियोजनाले गाउँपालिकाका सबै वडाहरुमा श्रीमान बैदेशिक रोजगारमा भएका महिलाहरुलाई साक्षरता तथा बित्तिय साक्षरता कक्षा संचालन गरिरहेको छ। अभिमुखिकरण कार्यक्रममा उपस्थित वडाध्यक्षहरुले वडामा संचालित उक्त कक्षाहरु फलदायी भएको कुरा समेत उल्लेख गरेका थिए।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा संचालित अभिमुखिकरणमा हेल्भटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल, सवै वडाध्यक्ष, ईलाका प्रहरी कार्यालय लगायत विभिन्न कार्यालयका प्रतिनिधि एवं सरोकारवालाहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाभित्र थुप्रै परियोजनाहरु संचालन भईरहेको भए पनि हेल्भटास नेपालको परियोजनाले अन्यको तुलनामा उत्कृष्ट कार्यक्रम गरिरहेको कुरा उल्लेख गर्नुभयो। साथै उहाँले हेल्भटासकै सहयोगमा गाउँपालिकाले बैदेशिक रोजगार सम्बन्धी पार्श्वचित्र (प्रोफाईल) समेत बनाउन लागेको बताउनुभयो। कार्यक्रममा हेल्भटासकी कार्यक्रम अधिकृत पौडेलले सुरक्षा आप्रबासन परियोजनालाई गाउँपालिकाले आफ्नो नितिमै समेट्ने प्रतिबद्धता ब्यक्त गरेकोमा खुसी ब्यक्त गर्नुभयो।