रविन थापा “बगाले”
हतुवागढी, १८ मंसिर। हतुवागढी गाउँपालिकाले नगर प्रहरिका लागि ३० कार्यदिनको तालिम हिजो मंसिर १७ गतेबाट शुरुवात गरेको छ।
स्थानिय सरकार संचालन ऐन – २०७४ अनुसार तोकिएको विधि र प्रकृया बमोजिम गाउँपालिकाले छनौट गरेको ३ जना पुरुष तथा २ जना महिलाहरुका लागि इलाका प्रहरी कार्यालय घोडेटारमा तालिम शुरु गरिएको हो। तालिम इलाका प्रहरी कार्यालयको प्राबिधिक सहयोगमा संचालन भईरहेको छ।
तालिमको उद्घाटन गर्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले भोजपुर जिल्लामा षडानन्द नगरपालिकापछी नगर प्रहरिको ब्यबस्था गर्ने दोस्रो स्थानिय तहको रुपमा रहेको हतुवागढी गाउँपालिकाले गाउँपालिकाको निति तथा कानुन, मापदन्ड तथा निर्णय कार्यान्वयन, सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण, सभा-समारोह, जात्रा-पर्वको ब्यबस्थापन, सरसफाई माप्दण्ड कार्यान्वयन, न्याययिक समितिको निर्णय कार्यान्वयन, सार्वजनिक जग्गा-सम्पदाको सुरक्षा, बिपद ब्यबस्थापन, छाडा पशु-चौपाया नियन्त्रण जस्ता कार्यहरुमा नगर प्रहरिलाई खटाईने कुरा उल्लेख गर्नुभयो।
३० दिन संचालन हुने तालिममा २५ कार्यदिन नेपाल प्रहरिको तालिम र ५ कार्यदिन नेपाली सेनाको तालिम दिईनेछ।