रविन थापा “बगाले”
हतुवागढी, १९ मंसिर। २९ औँ अपाङ्गता दिवसका अवसरमा हतुवागढी गाउँपालिका वडा नम्बर ५ ले हिजो एक कार्यक्रमको आयोजना गरि अपाङ्गता भएका तथा बृद्ध-बृद्धालाई सम्मान गरेको छ।
शान्ती आधारभुत विद्यालय हतुवागढी ५ मा आयोजना गरिएको कार्यक्रममा २८ जनालाई सम्मान गरिएको थियो। दुई शय रुपैया नगद, एक थान ब्ल्याङ्केट, एक थान झुलका दरले प्रत्येक जनालाई बितरण गरिएको सो कार्यक्रममा वडाध्यक्ष जोरकुमार राईले सम्मान कार्यक्रमको थालनिमा थोरै मात्रै सहयोग गर्न सकिएको भन्दै आगामी बर्षहरुमा यसलाई निरन्तरता दिंदै थप सहयोग बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
वडाध्यक्ष राईको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख, बिद्यालयका प्रधानाध्यापक ज्ञानराज खुलाल लगायत शिक्षक एवं अन्य जनप्रतिनिधी र स्थानियहरुको उपस्थिती रहेको थियो।