Home > समाचार > हसनपुर साहित्य महोत्सब सम्पन्न

हसनपुर साहित्य महोत्सब सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, २ माघ। भोजपुरको हतुवागढी – ९ हसनपुरमा आयोजित दुई दिने हसनपुर साहित्य महोत्सव – २०७७ हिजो माघ १ गते सम्पन्न भएको छ ।

हसनपुर कला साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त साहित्य महोत्सव हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न भएको हो ।

विश्वजित चाम्लिङले प्रमुख अतिथि प्रेम कुमार राईलाई मुन्धुमी संस्कार अनुसार शिरमा सेतो फेटा गुठाएर सम्मान गर्दै कार्यक्रमको शुरुवात गरिएको थियो।

महोत्सवलाई सम्बोधन गर्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार रा

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले हतुवागढी क्षेत्र साहित्यमय बन्ने चरणमा अघि बढीरहेको उल्लेख गर्नुभयो।

साहित्य समाज परिवर्तन र विकास निर्माणको मुख्य पाटो भएको उल्लेख गर्दै उहाँले गाउँपालिका स्तरीय र वडा स्तरीय साहित्य प्रतिष्ठानद्वारा आयोजित विभिन्न कार्यक्रमले हतुवागढीलाई परिचित गराउन सफल भएको उल्लेख गर्नुभयो ।

दुई दिनसम्म सञ्चालनमा रहेको उक्त महोत्सवको दोस्रो दिन ‘टेकेर गुराँसमाथि’ कविता संग्रह माथी विमर्श, प्रतिनिधि कविता वाचन, लोकप्रिय गायक कृष्णभक्त राईको एकल गायन साथै सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा हतुवागढी – ९ का वडाध्यक्ष हेमराज राई, प्रतिनिधि कवि मुकुन्द प्रयासले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो चरणमा ‘टेकेर गुराँस माथि’ कविता संग्रहमाथी उक्त पुस्तकका लेखक पूर्णसन्ध्या समाधी र कवि मुकुन्द प्रयासको साथमा विमर्श गरियो । विमर्शको क्रममा बोल्दै प्रमुख वक्ता कवि मुकुन्द प्रयासले कविता संग्रहमा सैद्धान्तिक भिन्नता रहेता पनि प्रत्येक कविता सिद्धान्तमा रहेको बताउनुभयो । उक्त भाग गजलकार अरुण आकाशले सहजीकरण गर्नुभएको थियो ।

टेकेर गुरासमाथी” कवितासंग्रहका लेखक कवि पुर्णसन्ध्या समाधि

हामी र हाम्रो कविताहरुको साथमा कवि रुपेश कार्की (हतुवागढी), मुकुन्द प्रयास (धनकुटा), प्रदिप योङहाङ (धरान), याक्दुहाङ धिरज (हतुवागढी हाल विराटनगर), नवराज विष्ट (सुनसरी), दिपा मग्राती (हसनपुर), सविता लिम्बू (सुनसरी), पूर्णसन्ध्या समाधी (सिन्द्राङ्ग), प्रकाश दिप्साली (सुनसरी) र अर्जुन राई(पात्लेपानी)ले प्रतिनिधिका रुपमा कविता वाचन गरेको सो सेसनमा आमचोकका कवि बिजय ग्वालेले आफ्नो मातृभाषा बान्तावा भाषामा कविता प्रस्तुत गर्नुभएको थियो।

धरानका कवि प्रदिप योङ्हाङ्ग

विभिन्न चरणमा सञ्चालन गरिएको कार्यक्रममा लोकप्रिय गायक एवं संगीतकार कृष्ण भक्त राईले सुमधुर स्वरमा गित गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो भने स्थानिय कलाकार बिवश राई र कविराज राईले पनि आफ्नो गायन प्रस्तुती दिनुभएको थियो। त्यस्तै गरि नृत्यकारहरु सुजु राई, मन्दिरा राई लगायतका स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गर्दै उपस्थितहरुको ध्यानाकर्षण गर्नुभएको थियो।

आफ्नो प्रस्तुतिका क्रममा गायक तथा संगितकार कृष्णभक्त राई

हसनपुर क्षेत्रमा साहित्यिक माहोल सिर्जना गरी नवसर्जकहरुमा प्रेरणा प्रदान गर्ने उद्देश्यले साहित्य महोत्सवको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष एवं हसनपुर कला साहित्य प्रतिष्ठानका अध्यक्ष भोटमान राइले सुनाउनुभयो ।

अध्यक्ष  राईको अध्यक्षतामा समापन गरिएको कार्यक्रममा हतुवागढी गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि प्रेम कुमार राई, लोकप्रिय गायक एवं संगीतकार कृष्ण भक्त राई, हतुवागढी – ८ का वडाध्यक्ष प्रविन कुमार राई, हतुवागढी-९ का वडाध्यक्ष हेमराज राई, स्वार्णिम साहित्य समाजका अध्यक्ष एवं सञ्चारकर्मी प्रकाश दिप्साली, जसपा नेता प्रेमबहादुर राई सहित शिक्षक, समाजसेवी, पत्रकार लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: