Home > समाचार > १६औं बान्तावा कविता प्रतियोगितामा थामथुमे काइँला प्रथम

१६औं बान्तावा कविता प्रतियोगितामा थामथुमे काइँला प्रथम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ माघ। बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित “१६औँ बान्तावा अनलाईन कविता प्रतियोगिता – २०७७” को नतिजा सार्वजनिक गरिएको छ।

बान्तावा भाषासेवी श्यामराज दुब्देङ्हाङ राईको नवौं स्मृती दिवस तथा किरात यले सम्बत ५०८१ को अवसरमा माघ १ गते कविताको नतिजा सार्वजानिक गरिएको हो ।

जयकुमार रुछेन्बुङ् राई

कवि श्रीशिशा राई, बुङ्वाखाकर्मी असिम सोङ्मेन राई तथा कवि सगुन सुसाराको निर्णायक टोलिको नतिजा अनुसार पाँचथरका जयकुमार रुछेन्बुङ राई (थामथुमे काइँला) प्रथम भएका छन् भने भोजपुर घर भई हाल दक्षिण कोरियामा कार्यरत दिलिप खिम्दुङ बान्तावा दोस्रो र संखुवासभाका विविमाया राई तेस्रो भएका छन् ।

दिलिप खिम्दुङ्ग बान्तावा

पुरस्कृत कविहरूलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङ्हाङ स्मृति पुरस्कार’ बाट पुरस्कृत गरिनेछ । पुरस्कारको राशी प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैँया तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

विविमाया राई

बुङ्वाखाको स्थापना दिवस मङ्सिर २४ गतेका दिन निर्धारण गरिएको कार्यक्रम कोरोना महामारीको कारण स्थगित भएको र अब वार्षिक कार्यक्रमको नयाँ मिति तोकेपछि सोही दिन पुरस्कार वितरण गरिने बुङ्वाखाका सम्पादक पदम वालाहाङ्गले जानकारी दिएका छन्।

विजेता घोषणाको १५ दिन अघि ‘उत्कृष्ट १६ कविता’ हरू सार्वजानिक गरिएका थिए । प्रतियोगितामा नेपाल, युएई, दक्षिण कोरिया र जापानबाट ३९ जना कविहरू सहभागी भएको सम्पादक राईले जानकारी गराएका छन्।

बान्तावा राई भाषामा प्रकाशित भइरहेको ‘बुङ्वाखा’ मासिकले विगत १६ वर्षअघिदेखि बान्तावा कविता प्रतियोगिता, बान्तावा भाषा, साहित्य, संस्कार–संस्कृति र इतिहासमा योगदान गर्नुहुने स्रष्टा तथा सर्जकहरूलाई पुरस्कृत र सम्मान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: