रविन थापा ‘बगाले’
हतुवागढी, ७ माघ। हतुवागढी गाउँपालिकाले नगर प्रहरिका लागि गत मंसिर १७ गतेबाट शुरु गरेको तालिम सम्पन्न गरि नगर प्रहरी जवानहरुका लागि हिजो पास आउट कार्यक्रमको आयोजना गर्यो।

स्थानिय सरकार संचालन ऐन – २०७४ अनुसार तोकिएको विधि र प्रकृया बमोजिम गाउँपालिकाले छनौट गरेको ३ जना पुरुष तथा २ जना महिलाहरुका लागि इलाका प्रहरी कार्यालय घोडेटारमा ३० कार्यदिनका लागि शुरु गरिएको तालिम ३५ फिन संचालन गरिएको थियो। तालिम इलाका प्रहरी कार्यालयको प्राबिधिक सहयोगमा संचालन भईरहेको छ २५ दिन ईलाका प्रहरी कार्यालय र १० दिन फर्स्ट राईफल गण हतुवागढी मातहत चलेको थियो।
भोजपुर जिल्लामा षडानन्द नगरपालिकापछी नगर प्रहरिको ब्यबस्था गर्ने दोस्रो स्थानिय तहको रुपमा रहेको हतुवागढी गाउँपालिकाले गाउँपालिकाको निति तथा कानुन, मापदन्ड तथा निर्णय कार्यान्वयन, सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण, सभा-समारोह, जात्रा-पर्वको ब्यबस्थापन, सरसफाई माप्दण्ड कार्यान्वयन, न्याययिक समितिको निर्णय कार्यान्वयन, सार्वजनिक जग्गा-सम्पदाको सुरक्षा, बिपद ब्यबस्थापन, छाडा पशु-चौपाया नियन्त्रण जस्ता कार्यहरुमा नगर प्रहरिलाई खटाईने कुरा जनाएको छ।
हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको आतिथ्यतामा सम्पन्न पास आउट कार्यक्रममा फर्स्ट राईफल गण हतुवागढिका प्रमुख, सगरमाथा मा. वि. का प्रधानाध्यापक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
हतुवागढी गाउँपालिकाको प्रथम नगर प्रहरी जवानहरु :
१. बिक्रम बिस्ट : हतुवागढी – ४
२. करुणा राई : हतुवागढी – ४
३. तिलक कार्की : हतुवागढी – ४
४. भीषण राई : हतुवागढी -२
५. कृष्णकुमारी राई : धनकुटा