Home > समसामयिक > नेकपा हतुवागढिको अगुवा कार्यकर्ता भेला सम्पन्न

नेकपा हतुवागढिको अगुवा कार्यकर्ता भेला सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


हतुवागढी, १० माघ। नेपाल कम्युनिस्ट पार्टी हतुवागढी गाउँ संगठन कमिटिको अगुवा कार्यकर्ता भेला हिजो माघ ९ गते हतुवागढिको केन्द्र घोडेटार बजारमा सम्पन्न भएको छ।

प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरेपछी उत्पन्न बिबादले सत्तारुढ दल नेकपामा केन्द्रदेखी स्थानिय तहसम्म बिभाजनको स्थिती बनेको छ। यहि क्रममा प्रधानमन्त्रीको कदमलाई स्विकार गरि निर्धारित समयमा निर्वाचन हुनुपर्ने तर्क सहित तयारिका क्रममा सो कार्यकर्ता भेला गरिएको बताईएको छ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश नम्बर १ का संयोजक  देवराज घिमिरेको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्यहरु मुरारी सुवेदी,  प्रेम कुमार राई, धनहर्क राई, सबिना राई, अनेम संघ केन्द्रिय सदस्य सजना परियार लगायत स्थानिय नेताहरुको उपस्थितिमा विभिन्न जनबर्गिय संगठन, स्थानिय कमिटी, संगठित सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो।

प्रमुख अतिथी घिमिरेले जनताका लागि राजनिति गर्ने पार्टिहरुले आवधिक निर्वाचनबाट भाग्न नहुने तर्क गर्दै अर्को पक्षको नेकपाले गरिरहेको आन्दोलन असामयिक र औचित्यहिन भएको टिप्पणी गर्नुभयो। बाहिर जुनसुकै तर्क गरिए पनि भित्री रुपमा शिर्ष नेताहरुको पदलोलुपताकै कारण यो स्थितिको सृजना भएको उहाको कथन थियो। नेकपा केन्द्रिय सदस्य तथा जिल्ला कमिटि भोजपुरका अध्यक्ष प्रेमकुमार राईले आफ्नै पार्टिको प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई हटाउन अनेक जालझेल गर्दै अविस्वासको प्रस्ताव सदनमा लैजाने काम आफैमा दुर्भाग्यपुर्ण र निन्दनिय भएको भन्दै राजनिती कुनै लाभको पद पाउनका लागि गरिएको नभई बिकास निर्माण र जनजिविकाका सवालहरुलाई सहज बनाउनका लागि गर्नुपर्नेमा जोड दिनुभयो।

नेकपा हतुवागढी गाउँ संगठन कमिटिका अध्यक्ष मुक्ती राईको अध्यक्षतामा संचालित कार्यकर्ता भेलापछी प्रमुख अतिथी घिमेरेले गाउँ संगठन कमिटिको कार्यालय समेत उद्घाटन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: