Home > समसामयिक > निर्वाचन कार्यालय भोजपुर मतदाता नामावली अद्यावधिक गर्दै

निर्वाचन कार्यालय भोजपुर मतदाता नामावली अद्यावधिक गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माघ १५ देखि २१ गतेसम्म पालिका केन्द्रमा अद्यावधिक गरिनेछ।

१४ माघ ।  जिल्ला निर्वाचन कार्यालय भोजपुरले मतदाता नामावली अद्यावधिकको कामलाई तिव्रता दिएको छ । कार्यालयले आगामी प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न सुरू गरेको खवर khabarsansar.com ले प्रकाशित गरेको छ।

गत माघ १२ गते सोमवार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीको संयोजकत्वमा जिल्ल प्रशासन कार्यालय भोजपुरमा भएको अन्तरक्रिया कार्यक्रममा मतदाता नामावली अद्यावधिक तथा दावी विरोध विषयमा छलफल भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले कार्यक्रमलाई निर्धारित समयभित्र सम्पन्न गर्न सबै पक्षलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको थियो।

त्यस्तै कार्यतालिका अनुसार आयोगबाट उपलब्ध गराइएको मतदाता नामावलीमा रहेका त्रुटी सच्याउने दोहोरो पर्न गएका नामावली हटाउने उजुरी लिने लगायतका दाबी बिरोधका कार्यमा आबश्यक सहयोग समन्वय र प्रचार प्रसार कार्यमा सबै पक्षको साथ सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन निर्वाचन कार्यालयका प्रमुख पवन कुमार रेग्मीले बताउनुभयो। सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी मिति तोकेसंगै नामावाली अद्यावधिक तथा दावी विरोधको काम सुरू गरिएको कार्यालयले जनाएको छ। 

माघ १५ देखि २१ गते सम्म पालिका केन्द्रमा र माघ १५ देखि २६ सम्म भोजपुर लगायत ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावाली अद्यावधिक गर्न सुरू गरिने कुरा कार्यक्रममा बताईएको थियो। सो  कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी  लगायत सम्पुर्ण सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: