रविन थापा ‘बगाले’
हतुवागढी, १ फागुन। उद्योग बाणिज्य संघ भोजपुर अन्तर्गत घोडेटार शाखाको बार्षिक साधारण सभा हिजो माघ ३० गते घोडेटारमा सम्पन्न भएको छ।
कार्यबाहक अध्यक्ष भिमबहादुर प्रधानको अध्यक्षतामा सम्पन्न सभामा उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुवलाल श्रेष्ठको प्रमुख उपस्थिती रहेको थियो। हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, फर्स्ट राईफल गण हतुवागढिका मेजर, साधारण सदस्यहरु, ब्यबशायिहरु लगायतको उपस्थिती रहेको थियो।
साधारण सभामा २५५ जना साधारण सदस्यहरु रहेको घोडेटार शाखाले आफ्नै कार्यालय भवन निर्माण गरिने जानकारी गराईएको छ। हतुवागढी गाउँपालिकाले सो प्रयोजनका लागि १० लाख रुपैँया बजेट बिनियोजन गरिएको कुरा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराउनुभएको थियो।