Home > साहित्य > भानुभक्तको महाकाब्य ‘राधा समाधि’ लोकार्पण

भानुभक्तको महाकाब्य ‘राधा समाधि’ लोकार्पण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अरुण आकाश
भोजपुर, १६ फागुन।  साहित्यकार भानुभक्त कुभिन्डेलिको महाकाब्य “राधा समाधि” हिजो फागुन १५ गते एक भब्य समारोह बिच भोजपुर सदरमुकाममा लोकार्पण गरिएको छ ।

त्रीवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा सम्पन्न लोकार्पण कार्यक्रम  प्रतिष्ठानका अध्यक्ष सुभास बिभासको अध्यक्षता तथा सचिब घमचन्द्र दाहालको सन्चालनमा भोजपुर नगरपालिकाको कक्षमा  सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश आले हुनुहुन्थ्यो भने विशेष अतिथीहरु अग्रज साहित्यकार मोक्तान भाइ र काब्यकार स्वयं हुनुहुन्थ्यो । साहित्यकार गणेश श्रेष्ठले श्रष्टा तथा कृतीको सफलताको शुभकामना दिदै भानुभक्त कुभिन्डेली र उहाँको कृति अहिलेको समयको भानुभक्त आचार्यकै रुपमा समुदायले पाएको कुरा उल्लेख गर्नुभयो भने लेखक अम्रिका ताम्राकारले श्रष्टा आफू शिक्षक भएर पनि साहित्यको लागि समय दिन सकेको र साहित्यको पनि विभिन्न बिधामा कलम चलाएकोमा श्रष्टालाई धन्यवाद दिनुभयो। यसैगरी साहित्यकार मोक्तान भाईले भोजपुरको माटोमा महाकाब्यको लोकार्पणको अवसरका लागि धन्यवाद दिदै शुभकामना ब्यक्त गर्नु भयो। कार्यक्रममा उपस्थित प्राध्यापक खगेश्वर भट्टराईले उक्त कृतिको समीक्षा गर्दै राधा समाधी महाकाब्यले साहित्यमा अर्को आयाम थपेको र साहित्यमा थुप्रै  नयाँ प्रयोग सहितको मानक स्थापना गरेको भन्दै  शुभकामना ब्यक्त गर्नु भएको थियो ।

महाकब्य लेखक भानुभक्त कुभिण्डेली

कार्यक्रममा शुभकामना  मन्तब्य राख्दै प्रमुख अतिथी मेयर आलेले सबैले देश बिकासको लागि आ आफ्नो ठाउँबाट लाग्नु पर्ने र साहित्यकारहरुले पनि साहित्यको माध्यमबाट देश बिकासको कार्यमा लाग्न सक्ने तथा साहित्य सृजना कार्य मार्फत निरन्तर राज्यलाई खबरदारी गरिरहन र समुदायमा जागरण ल्याईरहनु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: