Home > समाचार > भोजपुर परिवार दक्षिण कोरियाको छात्रवृत्ति भोजपुरका बहिरा बिद्यार्थिलाई

भोजपुर परिवार दक्षिण कोरियाको छात्रवृत्ति भोजपुरका बहिरा बिद्यार्थिलाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अरुण आकाश
७ चैत, भोजपुर। भोजपुर बहिरा आवासिय आधारभुत बिद्यालयमा हिजो चैत ६ गते एक कार्यक्रममा बिच छात्रवृत्ति कोषको लागि ४ लाख रुपैया रकम हस्तान्तरण गरिएको छ ।

“भोजपुर परिवार दक्षिण कोरिया  छात्रवृत्ति कोष” मार्फत सो रकम आवासिय बिद्यालयमै भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको प्रमुख आतिथ्यतामा र  सो कोष सङ्कलनको लागि संयोजन गर्नु हुने इन्द्र थापा, डिबि खुलाल र चन्द्र पुलामिको उपस्तिथिमा रकम हस्तान्तरण गरिएको हो । सो कोष स्थापना भए पश्चात्  कोषबाट आउने ब्याजले सो बिद्यालयमा अध्ययनरत १९ जना बहिरा बिद्यार्थीहरुलाई शैक्षिक सत्र  पिच्छे  स्कुल युनिफर्म उपलब्ध गराउने योजना रहेको बिद्यालयका प्रधानाध्यापक सरिता तामाङ्गले बताउनु भयो । आफ्नो परिवार चलाउनको लागि सात समुद्र पारी पुगेर श्रम गरिरहेका थुप्रै मनका धनी नेपालिहरुले आफ्नो गाँसबाट कटाएर बचाएको रकम फरक शारीरिक क्षमता र अवस्था भएका विद्यार्थीहरुको वृत्ति बिकासको लागि हस्तान्तरण गर्न पाउँदा खुशी लागेको  इन्द्र थापाले बताउनु भयो । कार्यक्रममा मन्तव्य राख्दै मेयर आलेले बहिरा विद्यार्थीहरुलाई सेवा पुर्याउनु भनेको साच्चै पुण्य कमाउनु हो भन्नू भयो । यसैगरी  यस्तो कार्यको निरन्तरताको लागि सहयोगी मनहरुसंग अझै हातेमालो जारी राख्ने प्रतिबद्धता डिबि खुलालले गर्नु भएको थियो ।

सोही कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल अधिकृत सन्जय रानामगर र स्टाफ नर्स सरिता गिरिले संयुक्त रुपमा स्टिल दराज एक थान र डेन्टल हाईजेनिस्ट एलिना थापामगरले  ब्यक्तिगत खर्चमा विद्यार्थीको लागि कपडा बितरण समेत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: