Home > गीत > अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक (भिडियो सहित)

अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा, १३ चैत । National Entertainment अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक गरिएको छ । लोक-पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।  “चट्ट कपाल कोरेर” वोलको गीत सार्वजनिक पछि लगत्तै “माया पलायो” वोलको गीत सार्वजनिक गरिएको हो ।

धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न मनमोहक रमणिय क्षेत्रको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिनुभयो । 

सञ्चारकर्मी समेत रहनुभएका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतमा अस्मिता अधिकारी र विशाल निरौलाको आबाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकारहरू नुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ र स्वीकृती योगीको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: