Home > समसामयिक > हतुवागढी आगलागी पिडितलाई राहत बितरण

हतुवागढी आगलागी पिडितलाई राहत बितरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा ‘बगाले’

हतुवागढी, १५ चैत। हतुवागढी गाउँपालिका–८ पात्लेपानीका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुर र हतुवागढी गाउँपालिकाले आगलागी पिडित परिवारलाई राहत वितरण गरेको हो ।

गत चैत १२ गते दिउँसोको आगलागिबाट पिडितहरुलाई गाउँपालिकाले आज आईतबार प्रत्येक पिडित परिवारलाई नगद २५ हजार रुपैँया, २५ किलोग्राम मनसुली चामल, १ लिटर खानेतेल, २ किलोग्राम दाल, १ किलोग्राम नुन, १ थान ब्ल्याङ्केट र १ थान त्रिपाल बितरण गरेको छ। गाउँपालिका अध्यक्ष प्रेमकुमार राई घट्नास्थलमै पुगेर राहत बितरण गर्नुभएको हो।

जिल्ला प्रशासन कार्यालयले अस्ति शुक्रबार आगलागीबाट घरबार विहिन बनेका अर्जुन राईलाई १५ हजार, कञ्चन कुमार राईलाई २० हजार, शान्त कुमारी राईलाई २० हजार र भिम बहादुर राईलाई १५ हजार गरी जम्मा ७० हजार नगदका साथैँ नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले भाडाँकुडा, लत्ता कपडा लगायत खाद्यान्न सामग्री वितरण गरेको समेत सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले बताउनुभयो।

आगलागी पिडित चार परिवारलाई शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले गाउँमै गएर राहत वितरण गर्नुभएको हो। आगलागीमा ४ घर सहित तीन ओटा गोठ पुर्णरुपमा जल्दा करिब ३१ लाख रुपैँया बराबरको क्षतीे भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा ४ घर जलेर नष्ट भएका हुन् । सुख्खा मौससमा मालढुंगा सामुदायिक बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका स्थानिय प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: