Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढी नेकपामा नयाँ जिम्मेवारी

Admin

राजनिती

२०७४ सालको संघिय तथा प्रदेश निर्वाचनको पुर्ब सन्ध्यामा निर्बाचनका लागि कार्यगत एकता गरि एकिकरणसम्मको बाटो तय गर्ने निर्णय गरि निर्वाचनमा होमिएका तत्कालिन नेकपा एमालेमाओबादी केन्द्रले सो निर्वाचनहरुमा सुबिधा जनक बहुमत प्राप्त गरे।
२०७४ साल जेठ ३ गते गरिएको सो घोषणा लगभग दुई बर्ष बित्दै गर्दा भर्खरै पार्टी पोलिट्ब्यूरो घोषणा तथा जनबर्गिय संगठन/बिभागहरुमा जिम्मेवारी तोकिए संगै जिल्ला नेतृत्वहरुमा पनि एकिकरणका क्रमहरु चलिरहेका छन्।
केही समय अघि मात्रै एकिकरण प्रकृया सम्पन्न भोजपुर जिल्ला कमिटिमा तत्कालिन एमाले अध्यक्ष प्रेमकुमार राईले अध्यक्षको जिम्मेवारी पाए संगै नौ वटै स्थानिय कमिटिमा समेत जिम्मेवारी तोकिएको छ।
नौ वटा स्थानिय कमिटिहरु मध्ये हतुवागढी गाऊँ संगठन कमिटिमा भने नयाँ अनुहारहरुलाई जिम्मेवारी दिईएको छ। जसमध्ये कमिटी ईन्चार्ज सुनिता किराँती, अध्यक्ष मुक्ती राई तथा सचिबमा ईन्द्र थापालाई तोकिएको छ।
२०६०/६१ सालतिर तत्कालिन माओबादिको सशस्त्र बिद्रोहमा सामेल सुनिता किराँती अखिल क्रान्तिकारिको केन्द्रिय कमिटिसम्म पुगेर २०७३ सालमा सम्पन्न स्थानिय तह निर्वाचनमा हतुवागढी गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार हुनुभएको थियो भने तीन दशक लामो कम्युनिस्ट राजनितिमा सकृय मुक्ती राई यस अघि नेकपा एमाले जिल्ला कमिटी भोजपुरको सदस्य हुनुहुन्थ्यो। त्यस्तै गरि पुर्बाञ्चलको बामपन्थी आन्दोलनका लागि उर्वर मानिने धनकुटा बहुमुखी क्याम्पसको निर्वाचित स्वबियू उपसभापति रहिसक्नुुभएको ईन्द्र थापा बिध्यार्थी राजनितिमा उल्लेखनिय नाम हो।