Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

यसरी मारिएका थिए लादेन

Admin

बिश्व

एजेन्सी/ ओसामा बिन लादेनलाई कसरी मारिएको थियो भन्नेबारे अमेरिकी सरकार र सेनाले विभिन्न पुष्टिहरु प्रदान गरेको थियो । पाकिस्तानको एक घरमा लुकेर बसेका लादेनलाई सेनाले गोली प्रहार गरी मारेको थियो ।

सन् २०११ मे २ मा अमेरिकी सेनाको टोलीले आतंकवादी संगठन अल कायदाका नाइके बिन लादेनको हत्या गरेको थियो । उनलाई कसरी मारिएको थियो भन्नेबारे अमेरिकी सरकार र सेनाले विभिन्न पुष्टिहरु प्रदान गरेको थियो । पाकिस्तानको एक घरमा लुकेर बसेका लादेनलाई सेनाले गोली प्रहार गरी मारेको थियो ।

उनकी कान्छी पत्नी अमलले एक पुस्तकको लागि पहिलो पटक घटनाबारे बयान दिएकी थिईन्। हत्या हुने बेला अमल लादेनसँगै थिइन् । क्याथी स्कट क्लार्क र एड्रियन लेभीले लेखेको पुस्तक दी एक्साइल : दी फ्लाइट अफ ओसामा बिन लादेनको लागि अमलले अन्तर्वार्ता दिएर हत्या भएको बखतको घटनाक्रम बर्णन गरेकी छन् ।

लादेनलाई अमेरिकामा सन् २००१ मा भएको सेप्टेम्बर ११ घटनाको मुख्य आरोपी बनाइएको थियो । बेलायती पत्रिका दी सन्डे टाईम्समा प्रकाशित पुस्तक अंशमा अमलको बर्णन प्रकाशित छ ।

अंश प्रकाशित विवरण अनुसार बिन लादेन पाकिस्तानको अबोट्टाबादमा रहेको एक घरमा ६ वर्षदेखि लुकेर बसिरहेका थिए । हेलिकप्टर मार्फत अमेरिकी सैनिक घर नजिकै आएपछि लादेनले पत्नीलाई छोराछोरी लिएर अर्को तलामा जान भनेका थिए । पत्नीसँग लादेनले भनेका थिए, “उनीहरुलाई म चाहिएको हो, तिमीहरु होइन ।”

लादेनका चारमध्ये तीन पत्नी उक्त दिन सोही घरमा थिए । अमेरिकी सेना घर नजिकै आउन थालेपछि सबै परिवार सदस्य एक कोठामा जम्मा भएर पार्थना गरेको अमलले बताएकी छन् ।

कान्छी पत्नी अमलले छोरा हुसेनका साथ लादेनसँगै बस्ने जिद्दी गरेकी थिइन् ।

ओसामाका एक छोरा खालिदको हत्या गरी अमेरिकी सैनिक घरतर्फ भित्र छिरेको थियो । अमेरिकी सेना कोठामा पस्नेवित्तिकै अमलले सैनिकलाई रोक्ने प्रयास गरेकी थिइन् तर खुट्टामा गोली लागेपछि उनी बेहोस् भएर ढलिन ।

उनी होसमा आउँदा बिन लादेन मारिइसका थिए भने डरले कापीरहेका छोरा हुसेन लादेनको शवलाई समाएर बसेका थिए ।

लादेन मारिने बेला उनको भित्रीवस्त्रमा केही यूरो र केही नम्बरहरु भेटिएको थियो । बिबरणहरुका अनुसार उनको २० देखि २६ जना जति रहेको दाबी गरिएको छ।…