Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

ईजिप्ट्सियन कवि ईमान मर्सलको ३ अरवी कविता : जनक कार्की

Admin

कविता

१ . पितृत्व
•••••••••••

भलै मैले एउटा अनाथ किसिमको लेखनको सपना पनि देख्दिनँ
त्यस्ता मान्छेहरूले मलाई हाँसछन्
जसले आफ्नो रचनालाई आफ्नो सन्तान सरह मान्छन्
त्यस्ता मान्छेहरू मलाई हसाँउछन्
उनीहरूलाई आफ्नो रचनालाई खाना खुवाउनु पर्छ होला
जसरी गोठालोले गर्छ ब्यर्थ झुन्डको रक्षा
सायद उनीहरूलाई पनि गर्नु पर्छ होला
जसले गर्दा उनीहरू दूध पिलाउन सकुन्
जब सम्म उनीहरूलाई राम्रो सरकारी जागीर दिलाउन सक्नेछैनन्।

२ . मार्क्सको सम्मान
•••••••••••••••••••••

झिलिमिली देखिने दोकानहरू
जहाँ नयाँ नयाँ भित्री बस्त्रहरूको बाहार आएको छ।
त्यही अगाडि उभिँदा
म आफूलाई रोक्न सक्दिन
मार्क्सको बारेमा सोच्नवाट।
जति पनि मानिसले मलाई प्रेम गरे
उनीहरूमा एउटा कुरा साझा थियो
त्यसैले मैले सबैलाई स्वीकृति दिए
कसैलाई कम दिए कसैलाई धेरै दिए
कपासको त्यो गुडिँयालाई निमोठन
जुन मेरो आत्मामा लुकेको थियो।

मार्क्स
काल मार्क्स
म उनीहरूलाई कहिले क्षमा गर्दिन।

३ . खराव
••••••••••••

म सोच्थे कि दुनिँया खरावै खराव चिजले भरिएको छ
तर पनि म आफ्नो साथीहरूको माझमा सबै भन्दा उदार छु
मैले जब कुनै फूललाई गमलाले सजाएको देख्थे
त्यसका प्वाँखहरूलाई बुढी औंला र चोर औंलामा फसाएर
नमसारिहन सक्दैनथे
यो जान्न सकु कि प्लास्टिकको फूल होइन है
बिस्तारै बिस्तारै मलाई खराव चिजको अस्तित्व माथि नै
शंका लाग्न थाल्यो
यस्तो लाग्छ सबै चिजको नोक्सान भैसकेको हुनेछ- जुनदिन
हामीलाई यो महसुस हुनेछ
जुन जनावरलाई हामीले रगताम्य बनायौँ- त्यो असली थियो।

अनुबादक : जनक कार्की