Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढी क्षेत्रमा पर्यटन विकासको पूर्वाधार (फाेटाे फिचर)

Admin

स्थानीय समाचार


ऐतिहासिक क्षेत्र हतुवागढी गाउँपालिका २ पूर्णे डाँडामा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण कार्य शुरु भएको छ ।


प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको दिमालुङ्ग स्मृति पार्क निर्माण कार्यक्रम अन्तर्गत हतुवागढी गाउपालिका २ को पूर्णे डाँडामा पूर्वाधार निर्माण कार्य थालिएको हो । “पर्यटन प्रवर्धनका लागि पूर्वाधार विकास” शीर्षकमा प्रदेश सरकारको चालु आर्थिक वर्ष रु. ४० लाख बजेटमा दिमालुङ्ग स्मृति पार्क निर्माण हुन लागेको हो ।


“हतुवागढी दिमालुङ्ग पर्यटन पूर्वाधार विकास संस्था” र प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय धनकुटाका बीच आयोजना सम्झौता सम्पन्न भई निर्माण कार्य थालिएको संस्थाका अध्यक्ष जीवन खाहोङ राईले जानकारी दिनु भयो ।


यसै गरी “दिमालुङ्ग संरक्षण तथा जिर्णोद्वार” शीर्षकमा प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको रु. २५ लाख बजेटको योजना पनि सम्झौता भई कार्यन्वयमा रहेको स‌‍‍‌‍स्थाका सचिव हिन्दुहाङ्ग राईले जानकारी दिनुभएकाे छ ।