Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढिमा क्षेत्रीय रंगशाला बन्दै

Admin

प्रमुख

अरुण आकाश

हतुवागढी, ५ असार । खेलकुद लगायत जुनसुकै प्रकारको जनमास भेला हुने कार्यक्रमहरु आयोजना गर्नु पर्दा अध्ययन अध्यापनलाई नै असर गर्ने गरि सगरमाथा मा.वि. को खेलमैदान मागेर कार्यक्रम संचालन गर्न पर्ने बाध्यता बाट भोजपुरको दक्षिणी क्षेत्र मुक्त हुने सम्भावना बढेर गएको छ ।

यस क्षेत्रका युवाहरुको खेलकुदमा अत्यधिक चासो भए पनि फुटबल लगायतका `आउटडोर´ खेलकुदको लागि आवश्यक पर्ने ठूलो साइजको खेल मैदान नहुदा खेलाडीहरुको खेलकुद क्षेत्रमा चाहिए जति बृत्ति बिकास हुन सकिरहेको थिएन।

त्यही आवस्यकतालाई परिपुर्ती गर्ने गरि हतुवागढी १ सल्लेमा लम्बाई १७० मिटर र चौडाइ १३५ मिटरको क्षेत्रफलमा क्षेत्रीय स्तरको रंगशाला निर्माणको कामले तिब्रता पाए पछि यस क्षेत्रको समग्र खेलकुद बिकासमा सकारात्मक परिबर्तन हुनेमा आशाबादी हुन सकिने क्षेत्रीय रंगशाला निर्माण समितिका उपाध्यक्ष अनिष बस्नेतले बताउनु भयो ।

प्रदेश नं. १ को सामाजिक बिकास मन्त्रालयको बिनियोजनमा जिल्ला स्वास्थ कार्यालय मार्फत रु. ८ लाख, प्रदेश नं. १ सरकारको रु. २५ लाख र हतुवागढी गाउँपालिका वडा नम्बर १ ले बिनियोजन गरेको ५ लाख रुपैँयाले पहिलो चरणको निर्माण कार्य आगामी असार २४ सम्ममा सम्पन्न गरिने हतुवागढी १ का वडाध्यक्ष कुमार बिष्टले बताउनु भयो । हतुवागढि क्षेत्रीय रंगशाला निर्माण पश्चात् खेल क्षेत्रमा लाग्ने युवाहरुलाई मात्र नभएर शारिरिक ब्यायमको जरुरत पर्ने पाका उमेरका लगायत सबै उमेर समुहका मान्छेहरुको लागि ब्यायम तथा `मर्निङ वाक´ का लागि समेत प्रयोग गर्न सकिने भएकोले मान्छेको स्वास्थ्यमा सकारात्मक फाइदा पुर्याउने समेत रंगशाला निर्माणको लक्ष्य रहेको क्षेत्रीय रंगशाला निर्माण समितिका सल्लाहकार तथा हतुवा क्षेत्रका बिकासका अग्रज ब्यक्तित्व ईश्वरमान राईले हतुवा हेराल्ड लाई बताउनु भयो ।

%d bloggers like this: