Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

नेकपा भोजपुरको सचिवालय बैठक सकियो : कार्यकर्ता संरक्षणका लागि दुई करोड रुपैँयाको अक्षयकोष निर्माण गरिने

Admin

राजनिती

भोजपुर, १२ असोज ।

नेपाल कम्यूनिष्ट पार्टी ‘नेकपा’ भोजपुरले पहिलो सचिवालय वैठकको निर्णय सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरि दुईदिन सम्म सञ्चालन भएको वैठकले पारित गरेको निर्णय सार्वजनिक गरेको हो । वैठकले निर्वाचन क्षेत्रको क्षेत्रीय संयोजक एवं नगरपालिका तथा गाउँपालिकाका सह इन्चार्ज र विभिन्न १७ विभाग मध्ये १५ वटा विभाग गठन गरेको जानकारी समेत दिइएको छ ।

निर्वाचन क्षेत्रको क्षेत्रीय कमिटि तर्फ क्षेत्र नं ‘क’ को संयोजकको जिम्मेवारी दौलत कुलुङलाई दिएको छ, भने सचिवको जिम्मा डिल्लीराम अधिकारीलाई दिएको पार्टीले जनाएको छ । त्यस्तै क्षेत्र नं ‘ख’ संयोजकको जिम्मेवारी टिकाराम प्रधानलाई र सचिवको जिम्मेवारी चन्द्रमा राईलाई दिइएको जानकारी दिईएको छ । नगर तथा गाउँपालिका सह-इन्चार्ज तर्फ अरुण गाउँपालिका बविन्द्र रसाइली, पौवादुङमा गाउँपालिका सम्झना राई, रामप्रसादराई गाउँपालिका सुर्य वहादुर राई, आमचोक गाउँपालिका बहादुर राई, हतुवागढी गाउँपालिका राजेन्द्र राई, त्यस्तै भोजपुर नगरपालिकाको जिम्मेवारी धर्म किरातीलाई दिएको पार्टीले जनाएको छ । नगर तथा गाउँपालिका इन्चार्जहरुको टुंगो भने यस अघि नै पार्टिले टुंग्याईसकेको थियो।

त्यस्तै वैठकले दुई करोड रुपैँया बराबरको कार्यकर्ता संरक्षण कोष निर्माण गर्ने निर्णय पनि गरेको जनाएको छ । जसको संयोजकमा नेकपा भोजपुर इन्चार्ज सुदन किराती, सहसंयोजक भोजपुर सहइन्चार्ज हरिवहादुर राई सहित १३ सदस्य कमिटि निर्माण भएको पार्टीले जारी गरेको प्रेश नोटमा उल्लेख छ ।

साथै बैठकद्धारा निम्नानुसारको विभागिय प्रमुखहरुको जिम्मेवारी समेत तोकिएको छ :
१. स्कुल/ प्रतिष्ठान बिभाग : देविराम चौलागाई
२. संगठन विभाग : शरण कुमार राई
३. उद्योग वाणिज्य वन तथा पर्यटन विभाग : नगेन्द्र बहादुर भुजेल
४. जनसंगठन/ मोर्चा विभाग : राजकुमार दंगाल
५. कृषि सहकारी तथा गरिवी निवारण बिभाग : वीरजंग राई
६. युवा तथा खेलकुद बिभाग : सुरेन्द्र राई
७. शिक्षा तथा मानव श्रोत बिभाग : ध्रुवराज राई
८. साहित्य कला तथा संस्कृति विभाग इन्द्रावती राई
९. न्याय प्रशासन तथा मानव अधिकार विभाग : अनिशा खड्का
१०. प्रचार तथा प्रकाशन विभाग मक्कर खड्का
११. स्थानिय तह विभाग : सविना राई
१२. कोष तथा आर्थिक व्यवस्थापन विभाग : सृजना राई
१३. भौतिक पूर्वाधार विभाग: राजकुमार तामाङ
१४. सुशासन तथा उपभोक्ताहित विभाग : किरण राई साम्पाङ
१५. समाजकल्याण तथा सामाजिक संघसंस्था विभाग : दुर्गा रणपहेंली।

त्यस्तै गरि पार्टीको निर्णय विधि र पार्टीको अनुशासन उलंघन गरेको भन्दै भोजपुर नगरपालिका १२ टक्सारका पार्टिबाट निर्वाचित वडा अध्यक्ष कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्वन गरेको छ, भने अनुशासन उलंघनको बिषयमा राज कुमार दंगालको नेतृतवमा तीन सदस्यिय छानविन कमिटि गठन गरेको पार्टीले जनाएको छ ।