Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

कोरोना भाईरसबाट मृत्यू हुनेको संख्या ४ शय नाघ्यो, फिलिपिन्स र हङ्कङ्गमा १/१ जनाको मृत्यू

Admin

बिश्व

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको बताईएको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको अनुमान छ।
चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको हो।
यो भाइरसको संक्रमणले हिजो सोमबार मात्र ६४ जनाको मृत्यु भएको छ। त्यस्तै चीन बाहिर गत आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको छ भने आज मात्र हङ्कङ्गमा एक संक्रमितको मृत्यू भएको बताईएको छ।
चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन्।

चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै अलजाजीराले जनाए अनुसार हुबेइ प्रान्तमा मात्र सोमबार २ हजार ३ सय ४५ जना कोरोना भाइरसबाट संक्रमित फेला परेका छन्।

योसँगै हुबेइ प्रान्तमा मात्र अहिलेसम्म १३ हजार ५ सय २२ जनालाई कोरोना संक्रमण भएको छ।
हुबेइका विभिन्न अस्पतालमा भर्ना भएका १० हजार ९ सय ९० संक्रमित मध्ये ५७६ जनाको अवस्था गम्भीर रहेको चीनका स्वास्थ्य अधिकारीले बताएका छन्।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले नेपाल सहित विश्वका २५ देशमा पुगिसकेको छ। चीनका ३१ भन्दा बढी प्रान्तमा यसको संक्रमण फैलिएको छ।

उता जापानले एउटा क्रुजमा कोरोना भाईरस संक्रमित यात्री भेटिएपछी क्रुजलाई बन्दरगाहमा नै सुरक्षाका साथ छोडिदिएको छ । उक्त क्रुजमा २ हजार ५ शय यात्री र च्कलक दलका सदस्यहरु (Crew Mrmbers) १ हजार जना रहेको बताईएको छ। डायमन्ड प्रिन्सेज क्रुज नामक सो क्रुजमा हङ्कङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमित भेटिएपछि अधिकारीले जहाजलाई बन्दरगाहमा नै अलग्गै स्थानमा राख्ने निर्णय लिएका हुन्।  संक्रमण रोक्नका लागि सावधानी स्वरुप यात्री सबैलाई क्रुजभित्र कै आफ्नो कोठामा बस्ने सल्लाह दिइएको एजेन्सिहरुले बताएका छन् ।

जापान सरकारका प्रवक्ता योशिहिदे सुगाले सोमबार पत्रकार सम्मेलन गरि डाक्टरहरुलाई जहाजभित्रका यात्रीको उपचारका लागि पठाइएको जानकारी दिएका छन्। जहाजभित्रका कति व्यक्तिमा कोरोना भाईरस संक्रमण फैलिएको छ भन्ने परीक्षण गरेपछि मात्रै जहाज खाली गरिने उनले बताए । उनका अनुसार हङकङबाट २५ जनवरीमा जहाजमा सवार भएका ८० वर्षका एक यात्रीको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना भाइरस पोजिटिभ भेटिएको हो । यस्तोमा अन्य यात्री पनि कोरोना भाइरसबाट संक्रमित हुने खतरा हुने बताईएको छ । जापानमा अहिलेसम्म कोरोना भाइरसबाट २० जना प्रभावित भएको जनाईएको छ।

जापानले शनिबारदेखि नै कोरोना भाईरसको ईपिसेन्टर मानिएको चिनको वुहान प्रान्तको हुबेईमा बसेका विदेशी नागरिकलाई प्रबेशाज्ञा दिन बन्द गरेको छ । अर्थात्, हुबेईमा बसेकाहरु केही समयका लागि जापान जान सक्दैनन् । सरकारका अनुसार अहिलेसम्म ८ विदेशी नागरिकलाई जापान आउनबाट रोकिएको छ । जापानले अहिलेसम्म करिब पाँच सय नागरिकलाई वुहानबाट उपचारका लागि देश फिर्ता गरेको बताईएको छ ।

दक्षिण कोरिया सरकारले भने चिनको विभिन्न प्रान्तबाट कोरिया प्रबेशका लागि अस्थायी निषेध लागू गरेको छ। गत हप्ता मात्रै आफ्ना साढे पाँच शय बढी नागरिकहरुलाई चिनवाट उद्दार गरि ल्याएर सुरक्षित आवासमा कोरोना भाईरसको परिक्षण गरिरहेको कोरियाले विभिन्न प्रकारका सावधानी तथा सुरक्षाका उपायहरु अवलम्बन गरिरहेको छ।