Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

फेसबूक १७ औँ बर्षमा प्रबेश : फेसबूकको सम्पती १३४ बिलियन

Admin

प्रबिधी

फेसबूक शुरुवात भएको १६ बर्ष पूरा भएको छ। सन् २००४ फेब्रुअरी ४ बाट आधिकारिक रुपमा शुरु गरिएको फेसबूक यति धेरै लोकप्रिय हुने कुराको कल्पना आफुले कहिल्यै नगरेको कुरा यसका संस्थापक तथा CEO मार्क जुकरबर्गले उल्लेख गरेका छन्।

१६औँ बार्षिकोत्सवको अवसरमा उनले भनेका छन्, “फेसबूकको शुरुवात गर्दै गर्दा करोडौँ मान्छेहरु यसरी जोडिन्छन् भन्ने कहिल्यै सोँचेको थिईनँ। तर बिश्वको मान्छेहरुलाई यसरी जोड्ने कुनै न कुनै माध्यम भने अवस्य चाहिन्छ भन्ने लागिरहन्थ्यो।”

बितेको १६ बर्षको समय आफ्नो लागि अत्यन्तै सुखद रहेको भन्दै मार्क भन्छन्, “मैले यो अवधिमा सिकेको सबैभन्दा महत्वपुर्ण कुरा भनेको आफ्नो उद्देश्य र सिद्धान्तबाट कहिल्यै डगमगाउनु हुँदैन, चाहे त्यो प्रख्यात नभएको वा मान्छेहरुको रोजाई भन्दा फरक नै किन नहोस्।”

अमेरिकाको हार्वर्ड बिश्वविद्यालयका केही सिमित साथिहरु मिलेर साथिहरु बिच मात्रै सञ्चार आदान प्रदान गर्ने गरि शुरु गरिएको फेसवूक अहिलेको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालको रुपमा बिकसित भएको छ। मेन्लो पार्क क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको फेसबूकको कुल सम्पती १३४ बिलियन रहेको छ भने हाल करिव ४५ हजार कर्मचारी कार्यरत छन्।