Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

३३ नेपाली श्रष्टाहरुको ६६ वटा कविता कोरियन भाषामा प्रकाशित हुने

Admin

प्रबास

दक्षिण कोरिया, १६ फागुन। रोजगारी तथा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहेका ३३ जना नेपाली सर्जकहरुको कविता समेटेर कोरियन भाषामा कविता संग्रह प्रकाशन हुने भएको छ।

कोरियाली साहित्यकार तथा युरोसिया साहित्य फोरमका महासचिव छङ् देगीको संयोजनमा यो काम भईरहेको कुरा इतर आवाज साहित्य समाज दक्षिण कोरियाका शिर्षबिन्दु तथा कोरियाली साहित्यकारहरुसंग समन्बय गरिरहनुभएको पराजित पोमु बताउनुहुन्छ। “३३ जना नेपाली श्रष्टाहरुको २/२ वटा नेपाली कविता कोरियन भाषामा अनुबाद गरि पुस्तकाकार रुपमा प्रकाशन गर्नका लागि कविताहरुको भाषिक अनुवाद गर्ने काम भईरहेकोछ।” पोमुको कथन छ।

यो कार्यले आफ्नो देश छोडेर कोरियामा श्रम गरिरहेका नेपालिहरुको भावना, सोँचाई तथा कोरियाप्रतिको बुझाईलाई साहित्य मार्फत उजागर गर्ने एवं नेपाल-कोरिया दुई देशबिचको आपसी सद्भाव र बुझाईलाई अझ प्रगाढ बनाउने उद्देस्य रहेको युरोसिया साहित्य फोरमले जनाएको छ। यस अघि सन् २०१७ मा समेत नेपाली र कोरियाली सर्जकहरुका रचनाहरु समेटेर नेपाली र कोरियन दुबै भाषामा कविता संग्रह प्रकाशित गरिसकेको युरोसिया साहित्य फोरमले बिश्वब्यापी मानिसहरुको कला, साहित्य तथा संस्कृतिहरुलाई एक आपसमा आदानप्रदान गर्ने एउटा साझा मञ्च बनाउने बताईएको छ। साथै यसले विश्व भुमण्डलिकरणसंगै फरक संस्कार, संस्कृती र भुगोलका मान्छेहरुबिचको दुरि घटाएर समभाव निर्माणमा सहयोग पुग्ने बिश्वास गरिएकोछ।